भेरी अस्पताल अगाडि कालपृष्ठको ग्राहक योजना
Friday, September 24th, 2021, 6:02 pm
Kalpristha
अंन्जली राजी
नेपालगन्ज, ८ असोज
कालपृष्ठ दैनिकले भेरी अस्पताल अगाडी नयाँ ग्राहक योजना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बनेका नयाँ ग्राहकलाई कालपृष्ठ दैनिकको तर्फबाट टिर्सट उपहार समेत प्रदान गरिएको छ ।
नयाँ ग्राहक योजना कार्यक्रममा प्रमुख अथितीका रुपमा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य विजय भण्डारी(बासु)ले कालपृष्ठ दैनिकले संचालन गरिरहेको कार्यक्रम निकै प्रशसनीय रहेको बताए ।
उनले भने,‘नेपालगन्जको लोकप्रिय पत्रिका हो कालपृष्ठ । कालपृष्ठले विभिन्न स्थानमा गएर नयाँ ग्राहक बनाउने कार्यको सुरुआत गर्नु निकैं राम्रो काम हो । यसले कालपृष्ठको लोकप्रियतालाई अझ बढाउने काम गरेको छ । र आम आम पाठकले कालपृष्ठलाई थप विश्वास र माया गर्नु हुनेछ ।’

नयाँ ग्राहकलाई टिसर्ट हस्तान्तरण गरिँदै
युवा व्यावसायी एवम् ह्यापी वल्र्डका एमडीसमेत रहेका भण्डारीले शुक्रबार ग्राहक बनेका सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी, जानकी गाउँपालिका वडा नम्बर–२ अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, मनकामना प्याथोलोजीकी नम्रता केसी, नेपाल युवा परिषद लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, सरस्वती मेडिकल हलका संचालक डा. रबि चौरसियालाई कालपृष्ठ दैनिकको टिर्सट प्रदान गरेका थिए ।
कालपृष्ठ दैनिकले बाँकेको विभिन्न प्रमुख स्थानमा गएर ग्राहक योजना कार्यक्रम गर्दै आएको छ । यसअघि नेपालगन्जको धम्बोझी चोक, बिपी चोकमा ग्राहक योजना कार्यक्रम सम्पन्न गरिसकेको कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले बताए । कालपृष्ठले ग्राहक योजना कार्यक्रमका दौरान विभिन्न स्थानमा गएर निशुल्क रुपमा पत्रिका समेत वितरण गर्दै आएको छ ।

पत्रिका वितरण गरिँदै