श्यामानन्द प्रतिष्ठानको पहिलो साधारण सभा सम्पन्न
Saturday, September 25th, 2021, 7:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असोज
नेपालगन्ज निवासी बहुप्रतिभाशाली कलाकार श्यामानन्दसिंह ठकुरीका कलाकृतिहरुको संरक्षण एवं प्रचारप्रसारका लागि स्थापित श्यामानन्द कला तथा संस्कृति प्रतिष्ठान नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
अध्यक्षमा पुनः ठकुरीलाई नै चयन गरेको साधारण सभाले उपाध्यक्षमा भीमबहादुर सिंह, सचिवमा सन्तोष राढ, सहसचिवमा निरज देवकोटा, कोषाध्यक्षमा सागर क्षेत्रीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा सुन्दर गुरुङ, सविता सिंह ठकुरी, सन्दिप अधिकारी, डिबी भण्डारी, टेकराज जैसी, र शोभा गुरुङलाई चयन गरिको छ ।
साधारण सभाले प्रतिष्ठानको सल्लाहकार समितिमा डा. विजय प्रधान, आर.के. देवकोटा, शशीराम कार्की र प्रेस सल्लाहकारमा खम्ब पुनलाई चयन गरेको छ ।
कलाकार श्यामानन्दसिंह हस्ताकला र चित्रकलामा निपूणर् छन् । उनले खेर गएका वस्तुहरुबाट तयार गरेका हस्तकलाका सामान र चिकलाले नेपालगन्ज उप-महानगरपालिका-९ स्थित उनको घरको माथिल्लो तला पूरै भरिएको छ । उनले उक्त तलालाई नै कला संग्राहलय भनेर स्थापित गरेका छन् ।
उनले विशेषगरी अवध क्षेत्रको संस्कृति झल्कने कलाकृतिहरु तयार गरेका छन् । जीवनभर कला सृजनामै बिताएका सिंहले निर्माण गरेका कृतिहरुको संरक्षणका लागि स्थानीय सरकारलाई अनुरोध गरिएपनि अहिलेसम्म ठोस सहयोग हुन सकेको छैन ।
सिंहले बनाएका तीनै कलाकृतिको संरक्षणका लागि सिंहका छोरा सागरको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको थियो ।
अध्यक्ष ठकुरीले अब संग्राहलयको विस्तार, प्रवद्र्धन, प्रचार-प्रसार र प्रर्दशनका लागि पहल गर्ने र यसका लागि रणनीतिक योजना बनाएर अगाडी बढ्ने योजना रहेको बताएका छन् ।