कालपृष्ठ मोफलको पत्रकारितामा उत्कृष्ठ उदाहरण : अग्रवाल
Sunday, September 26th, 2021, 4:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असोज
नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसियट सदस्य सन्जय अग्रवालले कालपृष्ठ दैनिक मोफलको पत्रकारितामा उत्कृष्ठ उदाहरण बनेको बताएका छन् ।
आइतबार कालपृष्ठको नयाँ ग्राहक योजना अन्तर्गत नेपालगन्ज-२० राँझामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अग्रवालले सो कुरा बताएका हुन् ।

पत्रिका र टिसर्ट प्रदान गरिँदै
जनताका चासोका विषयको प्रकाशनमा कालपृष्ठ दैनिकले विगत साढे दुई दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अग्रवालले स्मरण गरे ।
‘अहिलेको पत्रकारितामा निष्पक्ष र जनताका चासोका विषय केन्द्रित पत्रकारिता अभ्यासको कमी छ । त्यसको पुर्ति कालपृष्ठले निरन्तर गर्दै आएको हामीले महसुस गरेका छौँ,’ अग्रवालले भने ।
उनले कालपृष्ठको पत्रकारिता अभ्यास पछिल्लो समय झन् अनुकरणीय बन्दै गएको धारणा राखे ।

पत्रिका र टिसर्ट प्रदान गरिँदै
कालपृष्ठको नयाँ ग्राहक योजना अन्तर्गत चौथो श्रृंखला राँझामा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा कालपृष्ठका नयाँ ग्राहक बनेका ड्रिमल्याण्ड हाई स्कुलका अध्यक्ष वामदेव न्यौपाने, काठमाडौं फेन्सी कलेक्सनका लुट प्रसाद श्रेष्ठ, पाथीभरा एग्रोभेटका विष्णप्रसाद रेग्मी र सरोजिनी मेमोरियल पोलि क्लिनिकका सन्चालकलाई कालपृष्ठ दैनिक र कालपृष्ठ न्युज डट कमको लोगो अंकित टिसर्ट प्रदान गरिएको थियो ।

पत्रिका र टिसर्ट प्रदान गरिँदै
साथै करिब एक सय जनालाई कालपृष्ठ दैनिक पत्रिका निःशुल्क वितरण पनि गरिएको थियो ।
कालपृष्ठको नयाँ ग्राहक योजना असोज ३ गते संविधान दिवसको दिनबाट सुभारम्भ गरिएको थियो ।

कालपृष्ठ पत्रिका पढ्दै
कालपृष्ठ दैनिक र कालपृष्ठ न्युज डट कमका प्रबन्ध निर्देशक कमल खत्रीले कालपृष्ठ दैनिकको नयाँ वार्षिक ग्राहक बन्ने व्यवसायीहरुको व्यवसायको विज्ञापन एक हप्ताका लागि पत्रिकाले निःशुल्क गर्ने जानकारी दिएका छन् ।