पूर्व प्रधानपन्च शाहको ९२ औं जन्मदिन मनाइयो
Sunday, September 26th, 2021, 9:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असोज
लामो समयसम्म प्रधानपन्च रहेका रोमहर्ष शाहको ९२ औं जन्मदिन भव्य रुपमा मनाइएको छ । सल्यान जिल्लामै सबैभन्दा लामो समयसम्म प्रधानपन्च रहेका शाहको नेपालगञ्जमा ९२ औं जन्मदिन मनाइएको हो ।
शाहको जन्मदिनलाई उनी आवद्ध संस्था र परिवारका सदस्यहरुले बिशेष गरी मनाएका हुन् । साविकको सल्यानको घाँजरी पिपल गाविस-७ हाल बनगाड कुपिण्डे नगरपालिका-७ घर भएका शाह हाल नेपालगञ्ज उप-महानगरपालिका-८ मा बस्दै आएका छन् ।
लामोसमय राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान दिएका शाहको दीर्घ आयुको उल्लास मनाउन जन्मदिन भव्य तरिकाले बनाइएको सल्यानी सेवा समाज बाँकेका अध्यक्ष राजेश शेनले जानकारी दिए ।
पन्चायतकालभरी शाहले प्रधानपन्चको भूमिका निर्वाह गरेका थिए । उनी तत्कालिन जिल्ला पन्चायतको जिल्ला सदस्य समेत रहेका थिए ।
लामो समयसम्म प्रधानपन्च रहेको भन्दै उनलाई २०४५ सालमा सेवा पदकबाट समेत सम्मानित गरिएको छ । कणर्ाली प्रदेश एमाले पार्टीको संयोजक एव पार्टीको केन्द्रीय सदस्य गुलाब सिंह शाह रोमहर्षका छोरा हुन् ।
सल्यानी सेवा समाज बाँकेका आजिवन सदस्य समेत रहेका शाहका छोरा निराजन शाह, हरिभक्त शाह, परिवारका सदस्य पृथ्बी शाह र समाज बाँकेका अध्यक्ष शेनले ९२ औं वर्षसम्म पनि आफै हिडडुल गर्न सक्ने, आफ्नो काम आफ्नै गर्ने गरेको बताएका छन् ।