नीलसागरले मनायो पाँचौ वार्षिकोत्सव
Wednesday, September 29th, 2021, 12:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
नेपालगन्जस्थित नीलसागर सेवाश्रमले पाँचौ वार्षिकोत्सव मनाएको छ । प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमा मधेसी आयोगका सदस्य विजय गुप्ता, जिल्ला प्रशासन बाँकेका प्रमुख शिवराम गेलाल,े जिल्ला समन्वय समितिका अध्यक्ष श्रीवास्तवको उपस्थिति रहेको थियो ।
पाँच बर्ष अघि स्थापना गरिएको आश्रमका हाल देशका विभिन्न १० ठाउँबाट सेवाकेन्द्र छन् । हाल विभिन्न शाखामा पाँच सय ४० जना नागरिक आश्रित रहेको संस्थाका अध्यक्ष सरतिा खनालले जानकारी दिइन् । नेपालगन्जमा मात्रै १ सय ४५ जना आश्रित छन् ।
हालसम्म आश्रमले एक हजार एक सय २७ जनालाई पुनस्र्थापना गरिसकेको छ । संस्थामा आश्रित रहँदा मृत्यु भएका १ सय २६ जनाको संस्थाले नै दाहसंस्कार समेत गरेको छ ।
आश्रमका उपाध्यक्ष अमन नीलसागरले नेपालगन्ज शाखामा आश्रितका लागि मात्रै मासिक ५ देखि ७ लाख खर्च हुने गरेको र देशभरीका १० वटा शाखामा बार्षिक १ करोड खर्च हुने गरेको जानकारी दिए । अहिलेसम्म संसथा मनकारीहरुको दान दातव्यबाट सन्चालन भइरहेको छ । कार्यक्रममा दाता र सेवाआश्रममा सेवा दिइरहेका व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । संस्थाका लागि चालु आर्थिक वर्षमा बाँकेका विभिन्न स्थानीय तहले ३ देखि ५ लाख बजेट विनियोजन गरेका छन् ।