बन्जीमा बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट
Wednesday, September 29th, 2021, 7:10 pm
Kalpristha
नेपालगन्ज, १३ असोज, (कालपृष्ठ)-
बाँकेमा रहेका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारीस लिएर गएमा पोखरास्थित बञ्जी नेपाल एड्भेन्चर्स प्रालिले ५० प्रतिशत छुट दिने सम्झौता गरिएको छ ।
बञ्जी नेपाल एड्भेन्चर्स प्रालि र नेपाल पत्रकार महासंघ बाँकेबीच बुधबार नै सम्झौता भएको हो । प्रालिका अध्यक्ष सन्तोष भट्टराई र महासंघ अध्यक्ष दामोदर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बञ्जी नेपाल एड्भेन्चर्स प्रालिको बञ्जी जम्प गर्न अन्य ब्यक्तिले ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर, सम्झौता अनुसार बाँकेका पत्रकारले अब ३ हजार रुपैयाँ मात्र शुल्क तिर्नेछन् । जम्पको प्याकेजमा फोटो, भिडियो, टिसर्ट लगायत सुविधा पनि रहेको सो कम्पनीले जनाएको छ ।
सम्झौताबाट कार्य व्यस्तताका बीच विदा मनाउने क्रममा बञ्जी खेल्न अभिरुची राख्ने पत्रकारलाई सहयोग पुग्ने र पर्यटन प्रबद्र्धनका लागि नेपालगन्ज-पोखराबीच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने आशा राखिएको पत्रकार महासंघ बाँके सचिव कमल डांगीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।