सीमामा एसपीको छड्के, १७ प्रहरी जिल्ला तानिए
Wednesday, September 29th, 2021, 9:51 pm
Kalpristha
सीमा क्षेत्रमा आवत जावत व्यवस्थापनमा सन्तोषजनक काम गरेको नपाइएपछि बुधबारै १७ जना प्रहरीलाई जिल्ला तानिएको हो । ईप्रका जमुनाह ईन्चार्ज पूणर् केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको एसपी अधिकारीले जानकारी दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असोज
चार्डपर्व माउन स्वदेश फर्किने नेपालीहरुले नाकामा दुःख पाउने क्रम यसवर्ष पनि जारी रहेको छ । नाकामा प्रवेश गर्दा देखि नै उनीहरुले दुःख पाउने गरेका छन् । प्रायः बिहानको समयमा नाकामा बढी चाप हुँदा नाका प्रवेश गर्न नै उनीहरुले सास्ति खेप्नु पर्ने गरेको छ ।
प्रवेश गरिसकेपछि पनि ठाउँठाउँमा प्रहहरीले अनावश्यक चेकजाँच गर्ने, अवैद्य असुली गर्ने गरेको गुनासो भारतबाट फर्किनेहरुले गर्ने गरेका छन् ।
यसका साथै होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाहरुले पनि सोझा सिधाहरुलाई ठग्ने गरेका छन् ।
सीमा क्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाका कारण भारतबाट फर्किने नेपालीहरुलाई तानातान गर्ने, बढी भाडा लिने गरेका छन् ।
यही गुनासो बढेपछि बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डिएसपी एवं प्रवक्ता मधुसुद अधिकारीले बुधबार सीमामा छड्के गरे । मुखसमेत नखेगिने गरी सादा पोशाकमा नाकामा पुगेका उनीहरुले आँखै अघि भारतबाट फर्किने नेपालीहरुले दुःख पाइरहेको देखे ।
नेपालीहरुले दुःख पाएको गुनासोपछि हामी अनुगमनमा निस्किएका थियौँ । त्यहाँ अवस्था पनि त्यस्तै देखियो । त्यसपछि हामीले नाकामा आवतजावत व्यवस्थापनका लागि तत्काल निर्देशन दिएका छौँ,’ एसपी अधिकारीले भने ।
बुधबारै नेपालीलाई ठग्न खोज्ने दुई जना विचौलियालाई प्रहरीले पक्राउ पनि गरेको छ । ‘उनीहरुलाई पक्राउ गरेका छौँ । आवश्यक कारबाहीपछि छोड्छौँ,’ अधिारीले भने ।
एसपी अधिकारीले सीमामा खटाइएका प्रहरीले पनि तोकिएअनुसारको काम गर्न नसकेको पाएपछि उनीहरुलाई चेतावनीस्वरुप जिल्ला तानेका छन् ।
सिमा क्षेत्रमा आवत जावत व्यवस्थापनमा सन्तोषजनक काम गरेको नपाइएपछि बुधबारै १७ जना प्रहरीलाई जिल्ला तानिएको हो । ईप्रका जमुनाह ईन्चार्ज पूणर् केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको एसपी अधिकारीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक पूणर् केसीका अनुसार हाल जमुनाहा नाका भएर दैनिक रुपमा करिब एक हजार पाँच सयदेखी २ सम्म नेपाली स्वदेश प्रवेश गर्ने गरेका छन् ।