पत्रकारमाथि दुर्व्यवहार गर्ने असईले मागे माफी
Monday, October 4th, 2021, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असोज
बाँकेको जानकी गाउँपालिका-२ को वडा कार्यालयमा पत्रकारमाथि भएको दुर्व्यवहारमा संलग्न असई एसके चौधरीले माफि मागेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेबिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन् ।
‘चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नुभयो’ महासंघका अध्यक्ष भण्डारीले भन । पत्रकारमाथि आक्रमण गर्ने भनी वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले सुनियोजित योजना बनाएर बसेको पनि ती असईले खुलासा गरेका छन् ।
लफलका क्रममा एसपी, डिएसपी र पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारी, सचिव कमल डाँगीका सामु सो समयमा ड्यिुटीमा खटेका प्रहरी कमाण्डले पत्रकारहरु आएपछि आक्रमण गर्ने भनि वडाअध्यक्ष गुप्ताले सुनियोजित योजना बनाएर बसेको आफूले जानकारी पाएको ती प्रहरीले बताएका थिए । उनले महिलाहरुलाई अगाडी सारेर पत्रकारमाथि आक्रमण गर्ने योजना बनाएर बसेका भएपनि धेरै प्रहरी रहेकाले त्यसो हुन नपाएको बताए ।
पत्रकार महासंघ बाँकेले आईतबार नै विज्ञप्ती जारी गरेर पत्रकारलाई दुर्ब्यवहार गर्नेमाथि कारबाहीको माग गरिसकेकोछ । वडाअध्यक्ष गुप्ता अहिलेसम्म सम्पर्कमा नआएकाले महासंघमा गल्ती स्वीकार नगरे उनीमाथि कानूनी कारबाहीका लागि अगाडी बढ्ने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताएका छन् ।
वडा कार्यालयमा गरिएको तालाबन्दीका विषयमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रविन्द्र घिमिरेमाथी आइतबार आक्रमण र दुव्र्यवहार भएको थियो । सोही क्रममा असई चौधरीले पत्रकारको क्यामेरा थुत्ने र धकेल्ने काम गरेका थिए ।