एनआरएन अमेरीकाका दुई हस्ती अध्यक्ष डा. पौडेल र पुर्व अध्यक्ष जिसी अष्टिन आउंदै
Monday, February 13th, 2017, 4:08 am
amit
टेक्सास (अष्टिन)– गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाका दुई हस्ती टेक्सासको अष्टिन आउन लागेका छन् ।
एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल तथा पुर्व अध्यक्ष तथा चर्चित अधिवक्ता खगेन्द्र जि सी अष्टिन आउन लागेका हुन ।
अष्टिनका नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा यही १९ तारिख आइतवार अष्टिनमा हुन लागेको कानुनी परामर्स तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन डा. पौडेल र जि सी लगायतका व्यक्तित्वहरु अष्टिन आउन लागेका हुन् ।
एनआरएन अमेरीकाको निर्वाचन पनि नजिकिदै गएकोले जि सी र पौडेलको अष्टिन आगमनलाई महत्वका साथ हेरीएको छ यसका साथै वर्तमान समयमा सान्र्दभिक तथा उपलब्धीमुलक कानुनी परामर्स सहितको छलफल हुने भएकोले कार्यक्रम भव्य हुने ग्रेटर अष्टिन नेपाली सोसाइटीले जनाएको छ ।
एनआरएन अमेरीकाका अध्यक्ष डा. पौडेलले आउंदो आइतवारको समय अष्टिनको कार्यक्रमका लागी छुट्याइ सकेकोे हिमालपाटी डट कमलाई जानकारी दिनुभयो ।
आउंदो आइतवार दिउंसो १ बजेपछि (Pflugerville Public Library, 1008 Pfluger St W, Pflugerville, TX 78660 मा) शुरु हुने कार्यक्रममा उपस्थिती जनाउन ग्रेटर अष्टिन नेपाली सोसाइटीले सबैमा आग्रह गरेको छ ।