मतिनाले टिकटक प्रतियोगिता गर्दै
Thursday, October 7th, 2021, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असोज
नेपालगन्जमा दुई महिनाअघि सन्चालनमा आएको मतिना नेवारी रेष्टुरेन्टले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । नेवारी परिकार उपलब्ध हुने र नेवारी शैलीमा सन्चालित रेष्टुरेन्टले दशैं तिहारलाई लक्षित गरेर टिकटक प्रतियोगिता आयोजना गरेको जनाएको हो ।
प्रतियोगिताका विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा रेष्टुरेन्टका सन्चालक सन्जय श्रेष्ठले प्रतियोगिताको एकजना विजेताले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहनेले तिहारको लक्ष्मीपुजाको दिनसम्म टिकटक बनाएर मतिना रेष्टुरेन्टको एकाउन्टलाई मेन्सन गर्नुपर्नेछ । टिकटक रेष्टुरेन्टमै बनाइएको हुनुपर्ने, संस्कृतिको प्रवद्र्धन गर्ने टिकटकलाई प्राथमिकता दिइने र कुनैपनि अभद्र भाषा वा हाउभाउको प्रयोग नभएको हुनुपर्ने सन्चालक श्रेष्ठले जानकारी दिए । टिकटकमा नेवारी संस्कृति मात्रै नभई जुनसुकै संस्कृतिको प्रवद्र्धन हुने खालको प्रस्तुति दिन सकिनेछ । जुनसुकै विधामा तयार गरिएको टिकटक पनि प्रतियोगितामा समावेश गरिनेछ ।
प्रतियोगितामा प्राप्त टिकटक भिडियोमा आएको भ्यूज र लाइक्सको आधारमा विजेता घोषणा गरिने छ । विजेतालाई लक्ष्मीपुजाको दिन पुरस्कार हस्तान्तरण गरिने छ ।
मतिना रेष्टुरेन्टको डिजाइन नेवारी संस्कृतिअनुसार गरिएको छ भने सातामा एकदिन लाइभ ब्याण्डसहितको मनोरन्जनात्मक कार्यक्रम पनि गर्ने गरिएको छ । सोहीअनुसार शुक्रबार साँझ चर्चित ब्याण्ड झिल्के एण्ड द कम्पनीले विशेष प्रस्तुति दिने कार्यक्रम आयोजन गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन चाहनेका लागि भने टिकटको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । पाँच हजार रुपैयाँ मूल्यको टिकटमा उक्त मूल्य बराबरको परिकारको मजा लिन सकिने उनले जानकारी दिए ।