नरैनापुरमा भलिवल प्रतियोगिता सम्पन्न
Saturday, October 9th, 2021, 8:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
सृजनशील किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, स्याक नेपाल र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा जय किसान माविको प्राङ्गणमा विजया दशमीको अवसरमा आयोजित खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले खुला तथा किशोरी तर्फ जित हाशिल गरेका छ ।
त्यसैगरी खुला तर्फबाट दोश्रो स्थानमा जय किशान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हाशिल गरेको छ । त्यसै गरी किशोरीतर्फ प्रथम नमुना युवा क्लब, दोश्रो स्थानमा सृजनशिल किशोरी क्लब र तेश्रो स्थानमा प्रगतिशिल किशोरी क्लबले हात पार्न सफल भएको छ । विजयी टिम प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमशःःनगद रु.५०००।- ४०००।-, ३०००।-र प्रमाण पत्र प्राप्त गरेका थिए ।
सो भलिबल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तीयाक अहमद शाहले नगद पुरुस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।
प्रमाण पत्र वितरण गर्दै शाहले नरैनापुरमा २ वटा रंगशाला निर्माण गरिने जानकारी दिए । अहिले युवा तथा खेलकुद मन्त्री यसै क्षेत्रको भएको हुदाँ खेलकुदको विकास हुुनेमा ढुक्क भएको समेत उनले बताए ।
सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित ६ वटा टीमको महिला र पुरुष गरी जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा महेन्द्र मावि मटेहिया ,जय किसान मावि भोजपुर, आदर्श मावि लक्ष्मणपुर, नमुना युवाक्लब कोहला र बघौडा युवा क्लब,लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेका थिए ।
खेलमा तिर्थराम मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाएका थिए । सो कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । किशोरीहरुलाई खेलकुदमा अघि बढ्न हौशला प्रदान गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको बिशेष पहलमा नरैनापुर गाउँपालिकामा खेलको आयोजना गरिएको अरुण यादवले जानकारी दिए ।