डोल्पामा काँग्रेसको चियापान
Sunday, October 10th, 2021, 4:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २४ असोज
विजया दशमी छठ तथा दिपावलीको अवसरमा नेपाली काँग्रेस डोल्पाले चियापान कार्यक्रम गरेर शुभकामना आदान प्रदान गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कणर् बुढाले विजया दशमी लगायतका विशेष चाडपर्वको अवसरमा गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमले सम्बन्धलाई विस्तार र नयाँ उर्जाका साथ काम गर्ने हौशला प्रदान गर्ने बताए ।
नेपाली काँग्रेस डोल्पाको निकट दिनमै हुने वडा, नगर पालिका र जिल्ला अधिवेशनमा एकताको सन्देश दिन र निर्विवादरुपले अधिवेशनमा लाग्न चियापान कार्यक्रमले सकारात्मक सन्देश दिने केन्द्रीय सदस्य बुढाको भनाइ थियो ।

चियापान कार्यक्रम
गत वर्षका विशेष चाडपर्वमा कोरोनाको कारण शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न नपाएको अवस्थामा यो वर्ष कार्यक्रममा सहभागि हुन पाउदा खुशि लागेको सहभागिहरुले बताएका थिए ।
नेपाली काँग्रेस डोल्पाका उपसभापति नवराज शाहीको अध्यक्षतामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस डोल्पाका पुर्वसभासद दुधकुमारी हमाल, महासमिति सदस्य गौरीशंकर उपाध्याय, ठूलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्रबहादुर शाही, सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली, प्रहरी नायव उपरिक्षक राजु पाण्डेलगायत विभिन्न राजनीतिकदलका जिल्लास्तरका नेता तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।