गृह जिल्लामा मन्त्री गहतराजलाई सम्मान
Sunday, October 17th, 2021, 9:20 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ असोज
नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’लाई गृह जिल्ला बाँकेको नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ । शनिबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमिति बाँकेले नेपालगन्जमा मन्त्री गहतराजलाई सम्मान गरेको हो । होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमिति बाँके अध्यक्ष तेज प्रसाद रेग्मी, लुम्बिनी प्रदेश सासद आइपी खरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य खत्री, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमितिको उद्योग उपाध्यक्ष तारा रोकाय, राजनितिक विश्लेषक नरेन्द्रजंग पिटर लगायतले मन्त्री गहतराजलाई सफल कार्यकालको शुभकामना दिदैं सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा मन्त्री गहतराजले आफनो कार्यकाल सफल बनाउका लागि सम्पुर्ण बाँकेवासीको साथ सहयोग र सुझावको आवश्यकता पर्ने बताए ।
उनले भने,‘खेलकुदमा भएका बिकृती र विसंगतीका बारेमा मैले पहिलेदेखी थाहा पाएको छु । अहिले सबैको सुझाव र सल्लाह लिने काम गरिरहेको छु । तपाई सम्पुर्ण बाँके बासी मेरो सल्लाकार हुनुहुन्छ । बाँके जिल्लाको शिर ठाडो पार्ने गरि, गर्व गर्ने गरि काम गर्छु ।’
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमिति बाँके अध्यक्ष रेग्मीले बाँकेले युवा नेतालाई खेलकुद मन्त्रीको रुपमा पाउनु गर्वको विषय भएको बताए । उनले भने,‘बाँकेबासीका लागि गर्वको विषय हो । हामीले दुइ वटा मन्त्री पाएका छौं । एउटा केन्द्रमा र एउटा प्रदेशमा । उहाँहरुको नेतृत्वमा समग्र देश र प्रदेशले उन्नती गर्ने हामीले विश्वास लिएका छौं ।’