मन्त्री हमाललाई गुरुकुलको सम्मान
Tuesday, October 19th, 2021, 5:34 pm
Kalpristha
सम्मान कार्यक्रमकालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वागत तथा सम्मान गरेको छ । गुरुकुलले मंगलबार आफ्नै कार्यालयमा मन्त्री हमाललाई स्वागत एवम् सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा गुरुकुलका तर्फबाट अध्यक्ष प्रदीप चौधरी, निवर्तमान अध्यक्ष सुरेन्द्र सिंह सरदार, गुरुकुलका प्रवन्धक टीकाराम चौधरीलगायतले फूल, माला, अबिर एवम् खाता लगायर हमाललाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रमसम्मान कार्यक्रममा बोल्दै मन्त्री हमालले समाजको आर्थिक उन्नति एवम् व्यापार व्यावसायमा सहकारीले उल्लेखनिय काम गर्दै आई रहेको बताए । सहकारीका क्षेत्रमा गुरुकुलले नेपालगन्जमा आफ्नो पहिचानलाई पहिलो दर्तामा राख्न सफल भएको हमालले बताए ।

सम्मान कार्यक्रम
हमालले आफू वन मन्त्री भएतापनि सहकारीको विकासका लागि आफ्नो भूमिका रहने र त्यस विषयमा पहल गर्ने बताए । उनले नेपालगन्जमा रहेका सहकारीको स्तरोन्नतिका लागि आफू सदैव सकारात्मक भएर लाग्ने बताए ।
कार्यक्रमा अध्यक्ष चौधरीले गुरुकुलले नितान्त आफ्ना सदस्यहरुको हितमा काम गर्दै आएको बताउँदै प्रदेश सरकारसँग गुरुकुलको स्तरोन्नति एवम् विकासका लागि समन्वय गर्ने बताए ।
निवर्तमान अध्यक्ष सरदारले मन्त्री हमालले सदैव गुरुकुलको हितका लागि सल्लाह सुभाव एवम् साथ दिँदै आएको बताए ।

सम्मान कार्यक्रम
मन्त्री हमाल गत सोमबार मन्त्री पद सम्हालेपछि पहिलोपटक गुह जिल्ला बाँके आई पुगेका हुन् । उनलाई सोमबार जिल्ला भर भब्य स्वागत गरिएको थियो । उनलाई कांगे्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले स्वागत गरेका थिए । स्थलमार्ग हुँदै आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, कोहलपुर, हवल्दारपुर, राँझा र नेपालगन्जमा स्वागत गरिएको थियो ।
नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित भएका थिए । गृहनगर नेपालगन्जमा करिब चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ ।