मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरको टिम घोषणा
Tuesday, February 14th, 2017, 9:19 am
amit
कोहलपुर- मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले काठमाण्डौंमा हुने यू–१६ क्रिकेट प्रतियोगिताको लागि टिम घोषणा गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउने तयारीमा रहेको क्लबले प्रतियोगिताका लागि २४ खेलाडीहरु सहितको टिम घोषणा गरेको हो । स्थापनाको छोटो समयमै आफुलाई स्थापित गराउन सफल भएको क्लबले काठमाण्डौंमा हुने प्रतियोगिताको लागि दिपेन्द्र रावतको कप्तानीमा टिम घोषणा गरेको क्लबका सदस्य तथा कप्तान नितेश विष्टले जानकारी दिए ।
छनौटमा परेका अन्य खेलाडीहरुमा सौगात राना, लवकुश यादव, शिव डाँगी, भरत थापा, विशाल केसि, शदाब अन्सारी, यश हमाल, समन्त शाही, शिव खत्री र आयुशमान बस्नेत रहेका छन ।
त्यसैगरी अनुराग ओलि, बिबेक भन्डारी, सन्देश रोकाय, सम्राट केसि, युवराज शर्मा, प्रविन बम, विशाल परियार, उत्सब बिसि, सुमन थापा, जीवन मल्ल, आयुश बस्नेत, रवि गौतम र सुदिप मल्लले समेत प्रतियोगितामा सहभागिता जनाउने भएका छन ।
टिममा समावेश अधिकाशं खेलाडीहरुले यस क्षेत्रबाट राष्ट्रिय तथा क्षेत्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाईसकेको मध्यपश्चिम क्रिकेट क्लबका कार्यवाहक अध्यक्ष संगिन शर्माले जानकारी दिए ।