दोस्रो चरणको व्यक्तिगत घटना अभियान सुरु
Wednesday, October 20th, 2021, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ३ कात्तिक
डुडुवा गाउँपालिकाले दोस्रो चरणको अनलाइन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण अभियान सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नम्बर २ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गरे । अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पु¥याउने लक्ष्यसहित अभियान संचालन गरिएको बताए ।
घरदैलौ अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरी पुनः प्रमाणपत्र बनाएर घर–घरमा पुगेर वितरण सुरु गरिने गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्वारा व्यक्तिगत घटना दर्ताको दोस्रो चरणको अभियान सुरु गरेको हो ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म घरदैलो अभियानअन्र्तगत विवरण संकलनका लागि वडा सचिवसहितको करिब २७ जना जनशक्ति परिचालन गरिएको छ । घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् र बसाइँसराइलगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गर्ने घटना दर्ताका फोकल पर्सन वडासचिव शिवकुमार मौर्यले जानकारी दिए । मौर्यका अनुसार विवरण संकलन गर्ने टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसुचि फारम भर्ने, फोटो खिच्ने कार्य पनि गर्नेछ ।