‘मुलुकलाई अप्ठ्यारो पर्दा नेपाली कांग्रेस चाहिन्छ’
Thursday, October 21st, 2021, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ४ कात्तिक
लुम्बिनी प्रदेशका नवनियुक्त वन तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले मुलुक अप्ठ्यारोमा पर्दा नेपाली कांग्रेसनै चाहिने बताएका छन् । उनले बिहीबार खजुरामा आयोजिक सम्मान कार्यक्रममा विद्यमान अवस्थामापनि एमाले सरकारले मुलुकलाई समस्यामा पर्दा नेपाली कांग्रेसले नेतृत्व गरेको बताए ।
‘हामीले इतिहासलाई बिर्सनु हुँदैन अहिलेपनि एमाले सरकारले गर्दा देश अप्ठ्यारोमा पर्दा नेपाली कांग्रेसले नचाहँदा नचहँदैपनि देशको नेतृत्व गरेर देशलाई अघि बढाएको छ । नेपाली कांग्रेस नेतृत्वको भोगी होएन । हामीले देश विकाश गर्नमात्र छ,’ मन्त्री हमालले भने ।
नेपाली कांग्रेस खजुरा गाउँपालिकाले मन्त्री हमाललाई स्वागत एवम् सम्मान गर्नका लागि खजुरामा कार्यक्रमको अयोजना गरेको हो । कार्यक्रममा मन्त्री हमालले कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै सबै एक समान भएको बताए । उनले पाटीका हरेक कार्यकर्ता मन्त्री समान नै रहेको बताएका हुन् ।

सम्मान कार्यक्रम
मन्त्री हमालले बाँकेमा छिट्टै विश्वविद्यालय पनि स्थापना गरिने कार्यक्रममा बताएका छन् । ‘एमाले सरकारले प्रदेशमा विश्वविद्यालय बनाउने सपनामात्र देखायो । तर हामीले यहिनै छिट्टै विश्वविद्यालयको शिलान्यास गर्नेछौं,’ हमालले भने ।
हमालले पुनः निर्वाचनबाट कांग्रेसले केन्द्रसम्म नेतृत्व गर्ने बताउँदै सबै एकजुट भए स्थानीय सरकारदेखि केन्द्रसम्म नेतृत्व गर्न सक्ने बताए ।
हमाललाई संविधान सभा सदस्य आशा विक, गाउँपालिका सभापनि भीमबहादुर गुरुङ एवम् खजुरामा रहेको मंगोलिएन जुडो क्लबका खेलाडीलगायत सयौं बढीले माला, फूलले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रम
त्यसैगरी नेपालगन्जका युवाहरुले मन्त्री हमाललाई साढे ११ किलोको मालाले सम्मान गरेका छन् । नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा बाँकेका युवा दिपेश श्रेष्ठ, गोकर्ण शाही, देवेन्द्र भण्डारी तथा रोशन थापालगायतको युवाहरुको टिमले उनलाई सम्मान गरेका हुन् ।
खेल प्रेमी तथा पुर्व ओलम्पियन प्रदेश मन्त्री हमालले आफ्नो खेल जिवनमा देश र राष्ट्र मात्रै नभै नेपाली युवाहरुको लागि एक आर्दश रुपमा दिएको योगदानको कदर स्वरुप आफूहरुले मन्त्री हमाललाई सम्मान गरेको युवा तथा सुपा देउराली मेडिकल हलका संचालक श्रेष्ठले बताए ।