प्रेस सेन्टर बर्दियाको अध्यक्षमा उचाइँ
Friday, October 22nd, 2021, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ५ कात्तिक
भीम उचाइँको अध्यक्षतामा २१ सदस्य प्रेस सेन्टर बर्दियाको जिल्ला समिति गठन भएको छ । शुक्रबा भएको छैठौं जिल्ला अधिवेशनबाट नयाँ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षतर्फ खुल्लामा मिन अधिकारी, समावेशि महिला उपाध्यक्षमा माया चौधरी चयन भएका छन् । साथै सचिवमा टीकाराम चौधरी, सहसचिवमा विनोद चन्द, समावेशी सहसचिवमा हुमकुमार चौधरी, कोषाध्यक्षमा राजु नगाल सर्वसम्मत चयन भए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवम् प्रेस सेन्टर लुम्बिनी कमिटीको संयोजक मानसिंग विकले नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराए ।
कार्यक्रममा सहभागीले प्रेस सेन्टरका सदस्यहरुलाई सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बनाउन काम गर्नुपर्नेमा जोड दिएका छन् । संघीय संरचना अनुसार अब बनेको सरंचनालाई दिगो र मजबुत बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेने कार्यक्रमका सहभागीले बताए ।
कार्यक्रममा नेकपा माओबादी लुम्बिनी प्रदेश कार्यालय सदस्य दुर्गा बहादुर थारु, अन्जु दहित, नेकपा माओबादी केन्द्र बर्दिया जिल्ला अध्यक्ष भुवनकुमार थारुलगायतको सहभागिता रहेको थियो ।