नेपालगन्जमा पहिलोपटक टुरिजम मार्ट आयोजना गरिँदै (भिडियोसहित)
Saturday, October 23rd, 2021, 5:19 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, ६ कात्तिक
नेपालगन्जमा पहिलोपटक टुरिजम मार्ट आयोजना गर्ने घोषणा गरिएको छ । आसन्न डिसेम्बर १४, १५ र १६ तारिख अर्थात मंसिर २८ देखि पुष १ गतेसम्म तीन दिन नेपालगन्जमा देश विदेशका पर्यटन व्यवसायी, पत्रकार एवं ब्लगरहरुको सहभागितासहितको टुरिजम मार्ट आयोजना गर्ने नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । नेपाल सरकार पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना, नाट्टा, हानलगात विभिन्न संघ संस्थाहरुको संयोजनमा ॅवेस्टर्न टुरिजम मार्ट नेपाल २०२१’ आयोजना गरिने भएको हो ।
नेपालमा लुम्बिनीमा यस किसिमको पर्यटन मार्ट हुँदै आएको भएपनि नेपालगन्जमा पहिलोपटक आयोजना हुन लागेको नाटाका केन्द्रिय अध्यक्ष अच्यु्त गुरागाईंले जानकारी दिए । मार्टमा नेपालका सबै क्षेत्रका सबै किसिमका पर्यटन व्यवसायी, भारत र दक्षिण एसियाका विभिन्न देशका पर्यटन व्यवसायी, पत्रकार एवं ब्लगरहरुलाई सहभागी गराइने गुरागाईंले जानकारी दिए ।
उक्त मार्टमा विशेषगरी बाँके, बर्दियालगायत लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरुको बारेमा जानकारी, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचारप्रसार, व्यवसायीहरुबीच व्यापार आदानप्रदानलगायतका कार्यक्रमहरु हुने गुरागाईंको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीले देशका ७ स्थानमा पर्यटन मार्ट सन्चालन गर्ने योजना रहेकोमा नेपालगन्जमा पहलो मार्ट आयोजना हुन लागेको जानकारी दिए ।
मार्ट विशेषगरी भारतीय पर्यटकहरुलाई प्राथमिकतामा राखेर भारतीय सीमावर्ती सहरहरुमा आयोजना गर्ने कार्यक्रम निर्धारण गरिएको रेग्मीले बताए ।
पश्चिम नेपालमा पर्यटकीय संभावना बोकेका थुप्रै स्थलहरु भएपनि यस क्षेत्रमा गतिविधिहरु कम भएकोले पर्यटनको उचित विकास हुन सकेन भन्ने गुनासोको संबोधनका लागि पनि उक्त मार्ट सहयोगीसिद्ध हुने उनले बताए । ॅयस मार्टलाई हाम्रा पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका साथै ती क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने र प्याकेज नै बेच्न सक्नेगरी यस क्षेत्रका व्यवसायीहरुले उपयोग गर्न सक्नुपर्छ,’ रेग्मीले भने ।
नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अहिलेसम्म नगन्य मात्रमा मात्रै हुने गरेकोमा पहिलोपटक ठूलो कार्यक्रम आयोजना हुन लागेको भन्दै खुसी व्यक्त गरे । यस अवसरलाई पश्चिम नेपालको आर्थिक क्षेत्रले भरपुर लाभ लिन सक्नेगरी तयारी सुरु गरिएको उनको भनाइ छ ।
मार्टको आयोजनापछि पर्यटन आवागमनमा बृद्धि हुने, कोभिडपछिको पर्यटन पुनरुत्थानमा ठोस काम हुने, लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुने, नेपाल र दक्षिण एसियाका पर्यटन व्यवसायीहरुसँग सम्बन्ध र व्यापार आदानप्रदान हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा सहभागी लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले कोभिडपछि विस्तारै तंग्रिदै गरेको पर्यटन व्यवसायमा मार्टको आयोजनाले आशााको सन्चार गरेको बताए । पश्चिम नेपालमा पूर्वको जस्तो पर्यटनको समानुपातिक विकास हुन नसकेकोमा मार्टले उक्त कमीलाई पूरा गर्ने विश्वास उनले व्यक्त गरे । हमालले प्रदेश सरकारको पर्यटन मन्त्रालयसँग आफूले मार्टको आयोजनामा सघाउनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वका साथ आयोजना हुँदै आएको मार्ट नेपालगन्जमा पनि आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै उप-महानगरपालिकाले भरपूर सहयोग गर्ने बताए ।
नाटाका अध्यक्ष गुरागाईंले मार्ट सफलतापूर्वक सम्पन्न गर्न करिब दुई करोड रुपैयाँ आवश्यक पर्ने जानकारी दिएका छन् ।
मार्टका विषयमा जानकारी गराउँदै नाटाका अध्यक्ष अच्युत गुरागाईं :