रारा पुगेका पर्यटक अलपत्र
Saturday, October 23rd, 2021, 8:43 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ६ कात्तिक
मुगुको रारा ताल पुगेका पर्यटक सडक अवरूद्ध हुँदा अलपत्र परेका छन् । सडक मार्ग पनि अवरुद्ध हुँदा र हवाई उडान पनि नहुँदा पर्यटक अलपत्र परेका हुन् ।
कणर्ालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले ताल्चा विमानस्थलमा उडान ठप्प छ ।
विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ। सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाईमार्गमार्फत् राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताए ।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् ।
बाढी-पहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरूद्ध हुँदा कणर्ालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन् ।
सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमा छ । ताराको जहाजले दैनिक एक-दुई उडान मात्रै गर्दै आएको मुगु विमानस्थल कार्यालयले जनाएको छ ।
बाढी-पहिराका कारण कणर्ाली राजमार्गको सुर्खेत-नाग्म सडक र नाग्म-गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सवारीलाई सास्ती भएको यहाँका स्थानीयबासी बताउँछन् ।