लेहेंगा चोलीमै पुरुष बनीन् सिप्रा
Saturday, October 23rd, 2021, 9:59 pm
Kalpristha
निशु जोशी
लेहेंगा चोलीमा सजिएर बसेकि नेपालगन्जकी सिप्रा अग्रवालले स्टेज पछाडी बसेर पुरुष बन्ने तयारी गर्दै थिइन् । एकैछिनमा लेहेंगैमाथि सर्ट र मुखमा जुंगा लगाएर उनी कार्यक्रम भइरहेको मन्चमा उक्लिइन् । उनको साथमा थिइन् पारुल गोयल पनि । स्टेजमा राखीएको कुर्चीमा बसेर पुरुषको भूमीका निर्वाह गर्दै थिइन्् अग्रवाल । गोयल श्रीमतीको भूमीकामा थिइन् ।
कार्यक्रम हलमा भएका सहभागीहरु सबैका आँखा मन्चतिरै केन्द्रित भए । केहिले मोबाइलले भिडियो, फोटो खिच्न थाले । हल एकछिन सुनसान भयो । साउण्ड सिस्टममा आवाज गुन्जन थालेपछि संगसंगै गोयल र अग्रवाल अभिनय गर्न थाले ।

करवा चौथ
विवाह भएको केहि दिनमै करवा चौथ पर्व आएपछि श्रीमान श्रीमती विच भएको नोकझोलाई लिएर गरीएको हाँसोठठ्टा र व्यंग्यात्मक डाइलगले कार्यक्रम हल हाँसोले भरीयो । करीब ३ मीनेटको अभिनय सकियो । यो अवधीभर हल रमाइलो, खुशी र हाँसोले भरीयो ।
त्यसपछि पालैपालो नृत्य गर्ने, गीत गाउने क्रम सुरु भयो । केहि महिलाहरुले यसरी पहिलो पटक कार्यक्रममा सहभागी भएर आफ्ना प्रतिभा देखाए । यति मात्र होइन, महिलाहरुले विभिन्न रमाइला खेलहरु समेत खेले ।
‘सिल्भर रंगको चप्पल लगाएका महिलाहरुमध्ये जो अगाडि स्टेजमा आउछ, उहीँ विजेता बन्छ’ कार्यक्रम सन्चालन गरीरहेकि गरीमा सोनिले भनिन् । सहभागी महिलाहरुलाई यसबारे पहिले जानकारी थिएन । एक्कासी सहभागीलाई थाहै नदिइ गरीने भएकाले खेल रमाइलो भइरहेको थियो ।
एकैछिनमा सजीएर कार्यक्रममा आएकामध्य सिल्भर रंगको चप्पल लगाएका २/४ जना महिला स्टेजमा पुगे । ‘केहिको सुनौलो रंग भएकाले सिल्भरको चप्पल लगाएको एक जना महिलालाई मात्रै छनौट गरेर उपहार प्रदान गर्यौँ’ कार्यक्रम सन्चालन गरीरहेकि अर्कि मधुलिका सिंघलले भनीन् ।
तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवा चौथको पुर्वसन्ध्यामा रेड चिल्ली ग्रुपले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रमको एक झलक थियो यो । घरभित्रै बस्ने महिलाहरु यस्ता चाडबाडको अवसरमा खुलेर रमाउने गरेका छन् । करवा चौथको अवसरमा आयोजित उक्त कार्यक्रममा पनि महिलाहरु खुलेर रमाइलो गरीरहेका थिए ।
‘करवा चौथमा महिलाहरु श्रीमानको आयुका लागि ब्रत बस्ने चलन छ । त्यसैले अघिल्लो दिन रमाइलो गर्ने, खानपान गर्ने गर्छौ । त्यहि उद्येश्यले कार्यक्रमको आयोजना गरेका हौँ ।’ रेड चिल्लि ग्रुपकी सदस्य पारुल गोयलले भनीन् ।

करवा चौथ
साथै, कार्यक्रममा मटका सजाउने प्रतियोगीता गरीएको थियो । प्रतियोगीतामा रजनी अग्रवाल विजेता भइन् । विंगो खेलमा रचना पुगलिया, प्रश्नोत्तर खेलमा गुन्जा गुप्ता, लक्कि विनर खेलमा सवनव श्रेष्ठ लगायतका महिलाहरु विविध विधाका खेलमा विजेता भएर उपहार पाए ।
घरभित्रै रहेका यहाँका महिलाहरुलाई सामाजीक र सृजनात्मक काममा सक्रिय बनाउने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गर्ने गरीएको रेड चिल्लि ग्रुपकी सदस्य मधुलीका सिंघलले बताइन् । उनका अनुसार, ग्रुपले आर्थिक अवस्था कमजोर भएका बालबालीकालाई सहयोग गर्दै आएको छ । केहिदिन अघि पनि यसक्षेत्रका सरकारी स्कुलका छात्राहरुका लागि विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरीएको सिंघलले बताइन् । यसवर्ष करवा चौथ भोली आइतबार मनाइदैछ ।