पत्रकार महासंघ बाँके शाखाको निर्वाचनका लागि प्रगतिशिल प्यानलद्धारा उम्मेदवारी घोषणा
Wednesday, February 15th, 2017, 3:17 am
amit
संगिन शर्मा
कोहलपुर-आसन्न पत्रकार महासंघको निर्वाचनका लागि बाँकेमा प्रगतिशिल प्यानलद्धारा उम्मेदवारी घोषणा गरिएको छ ।
ठाकुर सिङ थारुको नेतृत्वमा प्रगतिशिल प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । जस अन्तर्गत अध्यक्षमा प्रेस चौतारीका ठाकुर सिङ थारु, उपाध्यक्षमा प्रेस सेन्टरका प्रदिव वाग्ले र प्रगतिशिल पत्रकार संघका तिलक गाउँलेलाई सचिव पदका लागि उम्मेदवारका रुपमा खडा गरिएको छ ।
मंगलबार एक बृहत कार्यक्रमको आयोजना गरेर ३ वटै संगठनको प्रतिनिधित्व हुने गरि उम्मेदवार घोषणा गरिएको हो । केही दिनभित्रै सिङ्गो प्यानल घोषणा गर्ने गरी तयारी भईरहेको भएपनि पहिलो चरणमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदकालागि मात्रै उम्मेदवार घोषणा गरिएको हो ।
उम्मेदवारी घोषणा सभामा तिन वटै संगठनका प्रतिनिधीका साथै पार्टि नेतृत्वको समेत सहभागिता रहेको थियो ।
निर्वाचनको मिति नजिकिदै गएपछि यहि शनिबार प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशिललाई समेटेर “संयुक्त प्रगतिशिल प्यानल” घोषणा गरिएको थियो ।
यसैबिच फागुन १२ गते हुने भनिएको महासंघको निर्वाचनका लागि प्रेस युनियनले नरेन्द्र थापाको नेतृत्वमा आप्mना उम्मेदवारहरुलाई मैदानमा उतार्ने निश्चित भएको छ । नेतृत्वको विषयमा बिवाद भएपनि अन्ततः युनियनले थापालाई अध्यक्षमा अगाडी सारेको हो ।