सांग्रीलाको १७ औं वार्षिकोत्सवमा वित्तीय साक्षरता र स्वास्थ्य शिविर
Tuesday, October 26th, 2021, 4:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ कात्तिक
सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा देशभरका शाखाहरुमार्फत विविध कार्यक्रमहरु गरिएको बैंकले जनाएको छ ।
बैकले आफ्ना विभिन्न शाखाहरुमार्फत मंगलबार विभिन्न स्कुल तथा क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । सो क्रममा नेपालगन्ज क्षेत्रअन्तर्गतका १६ ओटै शाखा कार्यालयबाटसो कार्यक्रम सम्पन्न गरिएको क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिए ।

साक्षरता कक्षापछि विद्यार्थीहरु
बैंकले बाकेस्थित होप ईन्टरनेशनल स्कुल, ड्रिमल्यान्ड स्कुल, आइडियल पब्लिक स्कुल, धुव्रतारा विद्यामन्दिर, नेपाल राष्ट्रिय मावि कोहलपुर लगायतका विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको खड्काले बताए ।
वार्षिकोत्सवकै अवसरमा बैंकले सोमबार बर्दियाको राजापुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । स्वास्थ्य शिविरमा राजापुर क्षेत्रका दुई सय जनाले स्वास्थ्य जाँच गराएका थिए । औषधिसहित निःशुल्क स्वास्थ्य शिविरमा जनरल तथा गाइने सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविर
सांग्रीलाले राजापुर क्षेत्रमा चाँडै नै आफ्नो शाखा सञ्चालनमा ल्याउन लागेकोले सोही सन्दर्भमा निःशुल्क स्वास्थ्य शिविर गरिएको जनाइएको छ । हालसम्म सो क्षेत्रमा बैंक कर्मचारीमार्फत एक हजार जनाले खाता खोलेको साङ्ग्रीला डेभलपमेन्ट बैंकले जनाएको छ ।
बैंकले बुधबार बिहान ८ बजे नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन बैंकले अनुरोध गरेको छ ।