शाकाहारीलाई लक्षित गरेर खुल्यो माक्रे बेकरी
Wednesday, October 27th, 2021, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० कात्तिक
नेपालगन्ज सुर्खेत रोडमा शाकाहारी ग्राहकलाई लक्षित गरेर माक्रे बेकरी एण्ड स्वीट हाउस संचालनमा आएको छ । युवा व्यावसायी चन्द्र शेखर केसी र सरिता ओलीको जोडीले गुणस्तीय मिठाई, खाजा, केक लगायतका परिकारमा नयाँ स्वाद दिदैं नेपालगन्जमा बेकरी र एण्ड स्वीट आउसको व्यापारी सुरु गरेका हुन । धनगढीका चन्द्र शेखर र सरिता श्रीमान श्रीमती हुन ।
स्वीट हाउसको मुख्य जिम्मेवारी शेखर र सरिता आफैले निर्वाह गर्ने गरेका छन । धनगढीमा शेखरको मिठाई, बेकरी र किराना व्यावसाय छ । मिठाईको व्यापारमा शेखरको परिवार अनुभवी हो । धनगढीमा भएको व्यापारबाटको अनुभवले नेपालगन्जमा माक्रे बेकरी एण्ड स्वीट हाउस खोल्न सहयोग गरेको बताउँछन चन्द्र शेखर । उनले भने,‘नेपालगन्जमा पाईने मिठाईको स्वादमा मलाई चित्त बुझेन । धनगढीमा जस्तो मिठाई नपाएपछि यहाँ यो व्यावसाय गर्दा राम्रो हुन्छ भन्ने लागेर सुरु गरिएको हो । यसमा हाम्रो पारिवार अनुभव पनि छ ।’ सरिताको व्यापारमा थोरै अनुभव छ ।
उनले १ वर्ष अघि देखी कपडा र मेकअप आर्टिस्टको रुपमा का गर्दै आएकी छिन । करिब ५० लाख भन्दा बढी लगानी भएको माक्रे बेकरी एण्ड स्वीट हाउसमा ८ जनाले रोजगारी पाएका छन । नेपालगन्जमा नयाँपन सहित सेवा दिन सके बेकरी एण्ड स्वीटको व्यापार राम्रो भएको बताउँछन सरिता । उनले भनिन,‘हामीले ग्राहकलाई स्वादिलो र शुद्ध परिकार दिने प्रयास गछौं । ग्राहकले अर्डर गरेको स्थानमा पठाउने सुविधा पनि छ । यसले ग्राहकको समयको पनि बचत गराउँछन ।’ सरिताका अनुसार माक्रे बेकरी एण्ड स्वीट हाउसमा मिठाई, केक, आईसक्रिम, बर्गर, पिज्जा, मम, चाउमिन, आलु टिक्की, पानी पुरीका विभिन्न परिवार पाउन सकिन्छ ।