गुट-उपगुट त्याग्न तरुण दल डोल्पाका नेताहरुको आग्रह
Wednesday, October 27th, 2021, 7:16 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १० कात्तिक
जिल्ला नेतृत्वहरु एकमतका साथ अगाडि नबढे आगामी निर्वाचनमा नेपाली काँग्रेस डोल्पाले ठूलो क्षति व्यर्होने चेतावनी तरुण नेताहरुले दिएका छन् ।
अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने मपाई शैली र आचरणका जिल्ला पार्टी नेतृत्वलाई आसन्न दिनमै हुने वडाअधिवेशनबाटै गुटउपगुट त्यागेर एकताको सन्देश दिन तरुण नेताहरुले आग्रह गरेका हुन् ।
गुटउपगुटका कारण हिमाली जिल्ला डोल्पामा क्रियासिल सदस्यता विवाद कायमै रहेकाले अझै वडाअधिबेशन भएको छैन । यसैबीच बुधबार सदरमुकाम दुनैमा नेपाल तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवस मनाएको छ ।
तरुण दिवस तथा कार्यकर्ता भेटघाट कार्यक्रम अघि तरुणले सदरमुकाम दुनैबजारमा मोटरसाईकल र्यालीसमेत निकालेको थियो । तरुण डोल्पाले आयोजना गरेको आफ्नो स्थापना दिवस तथा भेटघाट कार्यक्रममा नेपाली काँग्रेस पाटीका जिल्लातहका नेताहरुको उपस्थिती थिएन । पछिल्लो समय डोल्पामा तरुण दलका जिल्ला नेतृत्व सहितका केही कार्यकर्ताहरुले दोधारे चरित्र देखाउन थालेकाले पनि उनीहरुप्रति पार्टी नेतृत्व विश्वस्त देखिदैन ।
निमन्त्रणा गर्दा पनि नेपाल तरुण दलको स्थापना दिवस तथा भेटघाट् कार्यक्रममा सहभागीमा तरुणलाई नसम्झने नेतृत्वलाई तरुणले पनि सहयोग गर्न नसक्ने तरुण दलका नेताहरुले बताए । काँग्रेस डोल्पा पार्टी सचिव जयनन्द (जयस) उपाध्याले नेपाली काँग्रेस डोल्पाको नेतृत्वलाई एकता गर्ने प्रयास भैरहेको बताए ।
डोल्पाको नेतृत्वको एक आपसको विवाद समाधान गर्न तरुण दलले मुख्य भुमिका खेल्नुपर्ने समेत सचिव उपाध्याले बताए । जव देशमा संकट आउछ अनि तरुण दल अवध्यक पर्ने भएकोले विगतको ईतिहासलाई सम्झदै नेतृत्व वर्गले सोच्नु पर्ने अवस्था आएको तरुण दल डोल्पाका उपाध्यक्ष भिम बोहोराले बताए ।
पार्टीमा गुट उपगुट भएता पनि तरुण दलमा भने एकता रहेको उनले दावी गरे । यस्तै डोल्पा काठमाडांै सम्र्पक समितिका अध्यक्ष कुशल विक्रम शाहीले पनि पार्टी नेतृत्वलाई एकता कायम गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेस डोल्पामा गुट र उपगुट नामक रोगको अन्त्य नगरेसम्म पार्टी अगाडी नबढ्ने नेपाली काँग्रेस डोल्पाका ठुलीभेरी नगरपालिका ३ का काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष अणर् बहादुर न्यौपानेले बताए । नेतृत्व वर्गको व्यक्तीवादी स्वार्थको कारण आफुसहित धेरै कार्यकर्ताको क्रियाशील सदस्यता नै गायब भएको भन्दै समयमै नेतृत्वले नसोचे आगामी निर्वाचनमा पार्टीले ठुलो क्षेती व्यहोर्नुपर्ने चेतावनी समेत न्यौपानेले दिए ।
आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सवै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्न तर्फ जोड दिनु पर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए । लामो समयदेखि नेपाली काँग्रेस डोल्पाका सभापती अंगद बुढा र केन्द्रिय सदस्य कणर् बहादुर बुढा समुहबीच पानी बाराबारको अवस्था कायमै छ ।