एमालेको नेतृत्व चयनबारे राप्तीसोनारीमा विवाद
Wednesday, October 27th, 2021, 9:40 pm
Kalpristha
राप्ती सोनारी, १० कात्तिक (कालपृष्ठ)-
राप्ती सोनारी गाउँपालिकामा एमालेको नेतृत्व चयनबारे भने विवाद भएको छ ।
एमालेका जिल्ला नेतृत्वले मंगलबार नै अधिवेशन सम्पन्न भई अध्यक्षमा मनोज केसी निर्वाचित भएको घोषणा गरिसकेको छ । तर निवर्तमान अध्यक्ष तुल्सीराम थारु र अध्यक्षका आकांक्षी मदन वलीले उक्त विषयमा सार्वजनिकरुपमले आपत्ति जनाएका छन् ।
गाउँपालिकामा अध्यक्षका लागि दावेदार मानिएका मदन वलीले पनि एकपक्षीय ढङ्गबाट अधिवेशन सम्पन्न गरिएको भनेर हल्ला फिजाएको भन्दै सामाजिक सन्जाल फेसबुकमै असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, ‘धादलीपुणर् ढङ्गबाट एकलौटी रुपमा पदाधिकारी घोषणा गरिएको प्रति गम्भीर आपत्ति व्यक्त गर्दै नेतृत्वले गरेको यसखालको रवैयाले पार्टीलाई बलियो नभई कमजोर बनाउँछ ।’
वलीले कालपृष्ठसँग कुरा गर्दै मंगलबार नेतृत्व चयनका विषयमा टुंगो नलागेपछि बिहीबार बसेर टुंग्याउने सहमति भएपनि जिल्ला तहका नेताहरुले मनोमानी ढंगले घोषणा गरेको आरोप लगाए ।
यता, राप्तीसोनारी क्षेत्रका ईन्चार्ज एवं नेतृत्व चयनमा भूमिका खेलेका एमालेका निर्वतमान जिल्ला अध्यक्ष सूर्य ढकालले नेतृत्वमा अवसर नपाएका साथिहरुले तीतो पाखेको प्रतिक्रिया दिएका छन् । ढकालले कालपृष्ठसँग भने, ‘नेतृत्व सर्वसम्मत चयन भएको हो । आकांक्षी साथीहरुको चित्त नबुझेको हुनसक्छ । त्यही तीतो पोख्नुभएको होला । तर घोषित नेतृत्व नै आधिकारिक हो ।’
त्यसैगरी, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि सकसपूणर् विवादपछि नेतृत्व चयन गरिएको छ । अध्यक्षका आकाँक्षी धेरै देखिएपछि मंगलबार अधिवेशन स्थगित गरिएको थियो ।