नेपालीहरुको चासो अष्टिनका न्यायधिसले ग्यान्सले गर्ने कार्यक्रममा के भन्लान ?
Wednesday, February 15th, 2017, 5:18 am
amit
के सी शेर
अष्टिन (टेक्सास) – समाचारहरुमा आएजस्तो अमेरीकामा नेपालीहरु त्रसित हुनुपर्ने कारण छ कि छैन ? ट्रम्पका आदेशपछि नेपालीहरुलाई केही असर पर्छ कि पर्दैन ? लगायत ट्रम्प राष्ट्रपती भइसकेपछिका कानुनी जानकारीहरु थाहा पाउन आउंदो आइतवार ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्सले टेक्सासको अष्टिनमा एक अवसर जुराइदिएको छ ।
अष्टिनका नेपालीहरुको साझा संस्था (ग्यान्स)ले यही आउंदो आइतवार आयोजना गर्न लागेको कानुनी परामर्स तथा अन्तरक्रिया कार्यक्रममा अष्टिन सिटीका न्यायधिस GEORGE C. THOMAS सहभागी हुंदैछन र सहभागी नेपालीहरुका जिज्ञासा तथा कौतुहलता मेट्नेछन् ।
कार्यक्रममा अमेरीकाका चर्चित तथा अनुभवी अधिबक्ता खगेन्द्र जिसी पनि सहभागी हुने भएकोले कार्यक्रम उपलब्धीमुलक हुने भन्दै अष्टिनका नेपालीहरु उत्साहीत भएका छन् ।
यसका साथै अमेरीकामा बस्ने सबै नेपालीहरुको संस्था एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल समेत कार्यक्रममा सहभागी हुने भएकोले कार्यक्रमलाई थप चासो र महत्वका साथ हेरीएको छ ।
अष्टिनमा समेत इमिग्रेसन प्रहरीले छापा मारेर दर्जनौं आप्रवासीलाई पक्राउ गरेपछि नेपालीहरुमा पनी त्रासको वातावरण बनीरहेका बेला अष्टिन सिटीका न्यायधिस THOMAS नेपालीहरुले गर्न लागेको कार्यक्रममा सहभागी भएर सहभागीका प्रश्नको उत्तर दिन लागेकोले कार्यक्रममा के भन्लान भन्ने कौतुहलता बढेको कार्यक्रममा सहभागी हुने सोच बनाएका एक नेपालीले बताए ।
आइतवार दिउंसो एक बजेपछि (Pflugerville Public Library, 1008 Pfluger St W, Pflugerville, TX 78660) आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुने ग्रेटर अष्टिन नेपाली सोसाइटीले सबैमा आग्रह गरिसकेको छ ।