‘कम उमेरमै मृगौलामा समस्या बढ्दै’
Saturday, October 30th, 2021, 9:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ कात्तिक
मिगौला रोग विशेषज्ञ डा. अर्चन सम्शेर राणाले कम उमेरमै मृगौलासम्बन्धि समस्या देखिने क्रम बढेको भन्दै समयमै सजगता अपनाउनु जरुरी रहेको बताएका छन् ।
‘स्वस्थ मृगौला स्वस्थ जीवन’ अभियानका अभियन्ता समेत रहेका डा. राणाले बाँकेसहित पश्चिम तराईमा खासगरी गर्मी हुने ठाउँमा सानै उमेरमा मृगौलामा असर परेका बिरामी बढ्न थालेको बताए । उचित मात्रामा नपिउने पानी नपिउने, व्यायाम नगर्ने र खानपिनमा ध्यान नदिने कारणले मृगौला जोखिममा पर्ने गरेको डा. राणाले बताए । ‘अहिले यहाँका अस्पतालमा मृगौला सम्बन्धि बिरामीहरुको संख्या हेर्नुहोस् । तीमध्ये अधिकांश ४० वर्षभन्दा कम उमेरका छन् । सानै उमेरमा मृगौला बिग्रेर आउनेहरु पनि अत्यधिक छन्,’ डा राणाले भने ।
नेपालगन्जस्थित एशोदा क्लिनिकले आयोजना गरेको पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले शीघ्र पहिचान नै मृगौला रोगको निदान भएकोले समय-समयमा स्वास्थ्य जाँच गरिराख्नु उत्तम उपाय भएको बताएका छन् । ‘उचित मात्रामा नपिउने पानी पिउने, व्यायाम गर्ने र खानपिनमा ध्यान दिने हो र वर्षमा एकपटक मात्रै भएपनि स्वास्थ्य जाँच गराउने हो भने मृगौलालाई जोगाउन सक्छौं, उनले भने । विद्यालयका बालबालिकाको पनि वर्षमा एकपटक स्वास्थ्य जाँच गराउनु जरुरी रहेको उनले बताएका छन् ।
उहाँले मृगौलामा हुने समस्या ९० प्रतिशतबढी क्षति भइसकेपछि मात्रै थाहा हुने भएकाले समस्या आउनु भन्दा पहिल्यै नियमित स्वास्थ्य चेकजाँच गर्न सुझाव दिनुभयो । ‘मानिस स्वस्थ नै देखिन्छ उहाँले मृगौलामा देखिने असर बारे स्पष्टसँग भने, ‘९० प्रतिशत भन्दा बढी क्षती भइसकेपछि मात्रै मानिस अस्पताल पुग्छन् जस्का कारण बिरामी जोखिम तिर धकेलिन्छ ।’
त्यस अवसरमा करिब डेढ दर्जन पत्रकारहरुको सुगर, ब्लडको इन्फेक्सन, पिसाबमा इन्फेक्सन, मृगौलामा असर भए नभएको निःशूल्क जाँच गरिएको फार्मेसी संचालक रोशन केसीले जानकारी दिएका छन् ।
काठमाडौंको विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ राणा एशोदा क्लिनिकको समन्वयमा बेला-बेलामा नेपालगन्ज आउने गर्छन् । उनले ॅस्वस्थ मृगौला स्वस्थ जीवन’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा मृगौला सम्बन्धि निःशुल्क शिविर र सचेतना कार्यक्रम आयोजना गर्दै आएका छन् ।