प्रेमले डुवायो रितुलाई, न्याय खोज्दै प्रहरी कार्यालय
Wednesday, February 15th, 2017, 10:58 am
amit
बुटवल- प्रेम प्रलोभनमा रुपन्देहीमा एक युवती अलपत्र परेकी छन ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार प्र्रेमीले धोका दिए भागे पछि लुम्बिनी साँस्कृतिक नगरपालका १६ महिलवार बस्ने १८ बर्षीया रितु बनिया पनि प्रेमप्रलोभनमा अलपत्र परेकी हुन ।
लुसाँनपा १६ बस्ने २२ बर्षीय मोनु भन्ने बिबेक कुमार बर्माले आफूलाई प्रेम प्रलोभनमा पारी माघ १ गते बिहे गर्ने प्रलोभनमा पारी नेपाल भारतको बिभिन्न ठाँउमा बस्दै शारिरीक सम्बन्ध तथा यौनशोषण गर्दै आएको हुदा बीचमा माघ २८ गते रुपन्देहीको सुर्यपुरा बजारमा अलपत्र छाडी सम्पर्क बिहीन भए पछि आफू अलपत्र परेकी पीडितले जानकारी गराईन ।
प्रेमी बर्माले आफूलाई धोखा दिएर फरार भए पछि ससुराली र माईत दुबै पक्षले भित्रयाउन नमाने पछि न्यायका लागि प्रहरी समक्ष माघ ३० गते उजुरी समेत दिएकीले गायब पे्रमीलाई हाजिर गराई अधिकार दिलाउन सरोकारवाला सँग पीडितको माँग छ ।
सो सम्बन्धमा ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावल क्षेत्री सँग जिज्ञासा राख्दा निजले पीडितलाई माईत र ससुराली पक्ष दुबैले स्वीकार गर्न नमान्दा प्रहरी संक्षरणमा राखी फरार प्रेमी मोनु भन्ने बिबेक बर्माको खोजी कार्य भईरहेको जानकारी गराए ।
पीडित महिलाको पक्षमा स्थानीय सयौं महिलापुरुषले कार्यवाही प्रक्रिया अगाडी बढाउन ईप्रका लुम्बिनी कार्यालयमा पुगेर पैरवी गरेका थिए ।
यसै गरि दाङ्ग जिल्ला लमही नगरपालिका २१ बर्षीया रेशमा बिटालुको प्रेमी लुसाँनपा १६ महिलवार बस्ने २२ बर्षीय बैजनाथ बरईलाई प्रहरीको सक्रियतामा शुक्रवार हाजिर गराई दुबैको राजीखुशीमा बिबाह दर्ता प्रक्रिया समेत अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता बेलप्रसाद पाण्डेयले बताए ।