राप्ती नदी घाटमा पाँच हजार एक सय ११ दीप प्रज्वलन
Thursday, November 4th, 2021, 7:42 am
Kalpristha
बाँकेको राप्ती नदी घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दीप प्रज्वलन गरिएको छ । हिन्दुहरूको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पवित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दीप प्रज्वलन गरिएको हो ।
बाँकेको राप्ती नदी घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दीप प्रज्वलन गरिएको छ । हिन्दुहरूको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पवित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालकिा अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नुभयो । उहाँले हन्दिुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने विधि विधान अनुरूप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गर्नुभएको थियो।
नेपालगञ्जस्थति बागेश्वरी संचार सेवा प्रा. लि.को आयोजना एवं डुडुवा गाउँपालकिावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पवित्र स्थानमा यसरी सामुहकि रुपमा ठुलो मात्रामा दीप प्रज्वलन कार्य आफैमा सराहनीय भएको बताउनुभयो ।
यसैक्रममा बोल्दै उहाँले गाउँपालिकाले समेत यस स्थानमा भौतकि संरचनाहरु निर्माण गर्ने योजना बनाएको भएपनि जग्गा अभावका कारण पुरा हुन नसकेको स्पष्ट पार्नुभयो । राप्ती नदीको बीचमै सय फिटको शिवको मूर्ति बनाउने योजना रहेको र त्यसको डिपिआर समेत भइसकेका कारण उक्त कार्यपनि गर्ने बताउनुभयो ।सधिनिया घाट सबैको केन्द्र विन्दुका रुपमा रहेकाले यसलाई पर्यटन विकाससंग जोड्न चाहिरहेको तर बभिन्नि संरचना बनाउन जग्गा अभाव भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
बागेश्वरी संचार सेवा प्रालिका अध्यक्ष बृजमोहन गुप्ताले स्थानीय युवाहरुले यो पटक राप्ती नदीमा दीप प्रज्वलन गरौं भन्ने चाहना देखाईरहेको र असल कार्य हुने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महादीपोत्सव कार्यक्रमलाई स्थानीय भोला गुप्ताले नेतृत्व गरेका थिए । दिप प्रजवलन गर्नुअघि बुधबार विहानैदेखि सो क्षेत्रमा स्थानीय युवाहरुले सरसफाई गर्ने र त्यहाँस्थित मन्दिरलाई रंङ्गरोगन गर्ने कार्य गरिएको छ । कार्यक्रममा डुडुवाका बभिन्नि पार्टीका स्थानीय नेताहरु, स्थानीय युवा क्लब, पत्रकार लगायतको उपस्थतिमा उक्त कार्यक्रम गरिएको बागेश्वरी संचार सेवा प्रालिका प्रबन्धक सन्तोष गुप्ताले जानकारी दिनुभयो ।