कोरियाको ‘सोजु’ अब नेपालमैं उत्पादन हुने
Monday, November 8th, 2021, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २२ कात्तिक
दक्षिण कोरियामा लोकप्रिय पेय पदार्थको रुपमा चर्चित ब्राण्ड सोजु अब नेपालमा पनि उत्पादन हुने भएको छ । बाँकेको कोहलपुरमा दक्षिण कोरियाको लोकप्रिय पेय पदार्थ सोजुको उत्पादनका गर्नका लागि तयारी सुरु भएको छ । सोजुको उत्पादन बाँके कोहलपुर स्थित न्यु एभरेष्ट डिष्टीलरीबाट उत्पादन गर्ने सम्झौता भएको छ । आइतबार नोभेम्बर ७ तारिकका दिन न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि नेपाल, वि.जे. इन्भेष्टमेण्ट नेपाल र पीप्लस दक्षिण कोरियाको बीचमा नेपालमा सोजु उत्पादन गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार न्यु एभरेष्ट डिष्टीलरी कोहलपुर, बाँके जिल्लामा अवस्थित डिष्टीलरीमा निकट भविष्यमा कोरियन मापदण्डको मदिरा जन्य हल्का पेय पदार्थ उत्पादन गरी नेपाल अधिराज्यभर बिक्री वितरण गरिनेछ ।
समाजसेवी, पुर्व खेलाडी तथा नेपाली ब्यवसायी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष श्री विनोद कुँवर र श्री लिम क्योङ्गटेक वरिष्ठ केमिष्ट द. कोरियाको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको हो ।
सोजु द. कोरियाको सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थमा रुपमा परिचित छ । यसको सेवन सबै तह र तप्काका कोरियनहरुले गर्ने गरेका छन् । सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दो रहेको जानकारी गराउँदछु । साथै सोजुको लोकप्रियता विश्वब्यापी नै बढ्दो छ ।
हाल सोजु नेपालमा पनि आयात गरी बिक्री वितरण गरिएको छ । निकट भविष्यमै हामीले सोजु नेपालमा उत्पादनगरी वजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा देशमै रहने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने व्यावसायी रबिन्द्रमान श्रेष्ठले बताए । उनले भने,‘ हामीले उत्पादन गर्ने सोजुको पूर्व तयारी पूर्णरुपमै द.कोरियामा गरिएको हो । नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेका छौं ।’
नेपाली उपभोक्तामाझ गरिएको सर्वेक्षणमा न्यु एभरेष्ट डिष्टीलरीले उत्पादन गर्ने सोजुको स्याम्पल नतिजा उत्कृष्ट भएको श्रेष्ठले बताए । उनले भने,‘ हामीले उत्पादन गर्ने सोजुको नमुना परिक्षण भैसकेको छ । त्यसको नतिजा उत्कृष्ट आएको कुरा जानकारी गराउन पाउँदा हर्षित छौं । सोजु छिट्टै नेपाली बजारमा आउने तयारीमा छ ।’
क्याप्सनः सम्झौता हस्ताक्षर कार्यक्रममा न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ(बायाँ), वि.जे. इन्भेष्टमेण्ट नेपाल र पीप्लस दक्षिण कोरियाका प्रतिनिधी । तस्विरः कालपृष्ठ