मुड्केचुलाले जित्यो मेयरकप
Monday, November 8th, 2021, 6:50 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १९ कात्तिक
त्रिपुरासुन्दरी नगरपालिकाले आयोजना गरेको पुरुष तर्फको प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधी मुड्केचुला गाउँपालिकाको टिमले जितेको छ । त्रिशक्ति युवा क्लब त्रिपुराकोट-२ र मुड्केचुलाको टिमबीच भएको फाइनल खेलमा त्रिशक्ति युवाक्लबलाई हराउदै मुड्केचुलाले प्रथम मेयरकपको उपाधी चुम्न सफल भएको हो ।
मुड्केचुला गापा टिमले १ लाख ५५ हजार ५ सय ५५ नगद प्रमाणपत्र मेडल र ट्रफि, दोस्रो स्थान हासिल गर्ने त्रिशक्ति युवाक्लब त्रिपुराकोट २ ले ९५ हजार पाँच सय ५५ रुपैयाँ, प्रमाणपत्र मेडल यसै गरी तेस्रो स्थान हासिल गर्ने साइक्वारी युवाक्लब माझफालले ६५ हजार ५ सय ५५ सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

फुल्चिङ युवाक्लबलाई हराउदै साइक्वारी युवाक्लबले तृतिय स्थान हासिल गरेको हो । यसैगरी महिला भलिवल प्रतियोगिता तर्फ भएको खेलमा साइक्वारी युवाक्लब माझफाल प्रथम भएको छ । जगदुल्ला गापा महिला टिमलाई हराउदै साईक्वारी टिम प्रथम भएको छ ।
जनप्रभा माध्यामिक विद्यालय लिकुले तृतिय स्थान हासिल गरेको छ । यसै गरी महिला भलिबल तर्फ प्रथम स्थान हासिल गर्ने साईक्वारी महिला टिम माझफाल, दोस्रो स्थान हासिल गर्ने जगदुल्ला गापा महिला टिम र तेस्रो स्थान हासिल गर्ने जनप्रभा मावि लिकुको महिला टिमले क्रमशः ७० हजार ५ सय ५५ नगद प्रमाणपत्र ट्रफि र मेडल, ५४ हजार ५ सय ५५ नगद प्रमाणपत्र र ३० हजार नगद प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिम तथा खेलाडीहरुलाई प्रदेशसभा सदस्य बदमीक्वारी बुढा, प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
२०७८ कार्तिक १३ गतेदेखि संचालन भएको मेयरकप जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला पुरुष गरेर १९ वटा टिमले सहभागिता जनाएका थिए ।