व्यवसायिक वातावरणका लागि कोहलपुर उत्कृष्ट
Tuesday, November 9th, 2021, 8:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ कात्तिक
कोहलपुर नगरपालिका व्यवसायिक वातावरणका लागि उत्कृष्ट तीन नगरपालिकामा परेको छ ।
जीआईजेडले लुम्बिनी, कणर्ाली र सुदुरपश्चिका ११ वटा नगरपालिकामा गरेको व्यवसायिक वातावरण सर्वेक्षणले कोहलपुर व्यसायीक वातावरणका हिसाबले उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल भएको हो ।
कोहलपुर नगरपालिकाले मंगलबार कोहलपुरमा आयोजना गरको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशाला गोष्ठीमा जीआईजेडले सो जानकारी दिएको हो । कोहलपुर नगरपालिका अपेक्षित जनसंख्याको तुलनामा उद्यम, व्यवसायको घनत्व उच्च रहेको, लगानीका अवसरहरु बारेको सूचनाको पर्याप्त प्रबन्ध रहेको, नगरपालिकाको लगानी आकर्षण उच्च कोटीको रहेको पनि जानकारी दिइयो ।
कोहलपुर नगरपालिका भित्र हाल चार हजार ६ सय २३ वटा व्यवसाय संचालनमा रहेका पनि उक्त कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुरको व्यवसायीक संभावना सर्वेक्षणले उजागर गरेकोमा खुसी व्यक्त गरे ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले राज्यले लगानीमैत्री वातावरण लिएको खण्डमा कोहलपुरमा साना तथा ठुला उद्योगहरु संचालनमा आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा. कल्याण गौलीले व्यवसाय स्थापना, संचालन, बजार आदिको बारेमा जानकारी अभाव रहेको पाइएकोले त्यसबारेमा सहजीकरणका लागि नगरपालिकासँग सहकार्य गरिने बताएका छन् ।