कांग्रेस बाँकेको निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी
Wednesday, November 10th, 2021, 7:11 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले महाधिवेशनको मुखमा आएर फर्जी क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाएको भन्दै अर्को पक्षले तालाबन्दी गरेको हो ।
असन्तुष्ट समूहले एक विज्ञप्ति जारी गर्दै बदनियतपूर्वक फर्जी क्रियाशिल सदस्य खडा गरी महाधिवेशन भाड्न खोजेको आरोप आरोप लगाएको छ । उक्त विज्ञप्तिमा जिल्ला सचिव तप्त पौडेलसहित ३५ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति

विज्ञप्ति
कांग्रेस बाँकेका महाधिवेशन प्रतिनिधि पूर्णप्रसाद आचार्यले क्षेत्र नम्बर १ का विभिन्न वडा, बैजनाथ गाउँपालिकाको ८ नम्बर वडा र खजुराको ३ नम्बर वडाबाट गरी करिब दुई सय ३९ जना फर्जी व्यक्तिहरुको नाम छुट्न गएको भन्दै केन्द्रिय निर्वाचन समितिमा पठाएको विरोधमा तालाबन्दी गरिएको बताए । केन्द्रले निर्वाचन अधिकृतसमेत खटाइसकेको अवस्थामा क्षेत्रीय सभापति जस्तो व्यक्तिले बदनियतपूर्वक फर्जी क्रियाशिल सदस्य खडा गरी महाधिवेशन भाड्न खोजेको आचार्यले आरोप लगाए ।
‘क्षेत्रीय सभापतिले कांग्रेसको आचरण, विधि र पद्धतिभन्दा बाहिर गएर अनावश्यक बखेडा झिकेपछि पहिले तोकिएको समयमा अधिवेशन हुन सकेन । हाम्रा अनेक प्रयासपछि अहिले हुन लागेको अधिवेशन पनि नियतवश हुन नदिने तत्वका कारणले ती नामहरु प्रस्ताव गरिएका छन् । जबसम्म ती नामहरु खारेजी भएको जिल्ला निर्वाचन कार्यालयबाट जानकारी गराइदैन तबसम्म बाँके जिल्लाको निर्वाचन प्रकृया अघि बढ्न सक्दैन ,’ उनले कालपृष्ठसँग भने ।
हारको मानसिकता बोकेको नेतृत्वले गर्दा अहिले पुनः जिल्लाको अधिवेशन अन्यौलमा परेको उनले बताए । ‘ती नामहरु कुनैपनि समयमा सदर हुनसक्ने भएकोले हामीले विरोध जनाएका हौँ,’ उनले भने ।