ठूलो पर्दामा जम्दै नेपालगन्जका कृष्ण
Thursday, November 11th, 2021, 12:00 pm
Kalpristha
अन्जली राजी
नेपालगन्ज, २४ कात्तिक
नेपालगन्जमा चलचित्रका कलाकारहरु औंलामा गन्न सकिने मात्रै छन् । विशेषगरी नेपाली सिनेमाका कालाकारहरु त झनै कम छन् । काठमाडौँ बाहिर बसेर नेपाली सिनेमामा कलाकार बन्ने सोच राख्न पनि धेरैको हिम्मत पुग्दैन । तर नेपालगन्जका कृष्णबहादुर थापा(दीपक थापा) भने ठूलो पर्दाका चलचित्रमै आफ्नो भविष्य खोजिरहेका छन् । उनी नेपालगन्जमा नै बसेर नेपाली सिनेमा खेल्ने सोच राखेका व्यक्तिहरुका लागि प्रेरणा हुन् ।
३० वर्षीय थापा नेपालगन्ज उप-महानगरपालिका-४, बाइपासका स्थानीय हुन् । हाल उनी नेपाली सिनेमाका एक उदाउँदो अभिनेताका रुपमा आफूलाई स्थापित गर्दै छन् । जीविकोर्जनका लागि उनी नेपालगन्जमा रहेको जिभिएन कलेजका ‘डिआई’ ( अनुशासान इन्चार्ज) का रुपमा कार्यरत छन् । अनुशासान इन्चार्जका रुपमा कार्य गर्ने क्रममै उनलाई चलचित्रमा अभिनयको प्रस्ताव आएको थियो । सो क्रममा सिनेमा जगतका कलाकारहरुसँग उनको भेटघाट भएको उनी बताउँछन् । चलचित्रमा आएको प्रस्ताव सुरुमा त उनीलाई मजाक जस्तो लागेको उनी बताउँछन् । ‘सुरुमा त मलाई मजाक जस्तो लाग्यो, म साधारण कर्मचारी चलचित्र खेल्ने अवसर आएकोमा मलाई सपना जस्तो लाग्थ्यो, अहिले पनि यो सपना जस्तो हो की जस्तो लाग्छ,’ थापाले बताए ।
कर्मचारी मान्छे कहाँ फिल्म खेल्ने हामीलाई कसले लगानी लगाउँछ भन्ने सोचमा परेका थापालाई पुनः नेपाली सिनेमा अवसर आएपछि उनले पहिलो चलचित्र राजबहादुर सानेको निर्देशनमा ‘पर्खी बस फर्की आउँछु’ मा अभिनय गरेका थिए । थापा भन्छन्, ‘हामीले तपाईंभित्र भएको कलालाईलाई बाहिर निकाल्ने हो भन्ने कुरा डारेक्टर सरहरुले गर्नु हुन्थ्यो ।’
उक्त चलचित्र २०७६ सालको पहिलो लकडाउनभन्दा अगाडि नै सम्पन्न भएको थियो । ‘कोरोनाका कारण उक्त चलचित्रलाई पर्दामा ल्याउन सकिएन । अब केही महिनामै मेरो पहिलो चलचित्र नेपाल भरी पदर्शनको तयारीमा रहेको छ,’ थापाले भने ।
पहिलो चलिचित्र पर्दामा आउनु पूर्व नै उनको कामका कारण उनले अरु दुई चलचित्रमा पनि भूमिका निर्वाह गर्ने अवसर पाइसकेका छन् । उनले दुई वर्षको दौरानमा आयुस विसीको निर्देशन ‘रोडजोन-२’ र राजबहादुर सानेको निर्देशनमा ‘सिल्ली-४’ मा आफ्नो अभिनय प्रस्तुत गरी सकेका छन् ।
थापा भन्छन्, ‘चलचित्रमा मैले आफूले सकेको कला प्रस्तुत गरेको छु । डारेक्टर सरले मेरो भित्र भएको कलालाई बाहिर निकाल्न धेरै मेहेनत पनि गर्नु भएको छ । ’
थापाले अभिनय गरेका तीनवटै चलचित्र पर्दामा आउुनका लागि तयारी अवस्थामा रहेका छन् । थापा अबका दिनमा पनि चलचित्रका लागि नेपालगन्ज छोडेर काठमाडौं नजाने मनसाय व्यक्त गर्छन् ।
‘म चलचित्रका लागि नै भनेर काठमाडौं जाने सोच त बनाउँदिन तर कामको सिलसिलामा केही दिन जान सकिन्छ । मेरो उद्देश्य भनेकै मेरो माध्यमबाट यहाँका कलाकारले ठूलो पर्दामा अभिनय गर्न पाउन् भन्ने हो,’ थापाले भने ।
पहिलो लकडाउन हुनुभन्दा दुई महिना अगाडि फिल्म बनिसकेको थियो । अबका तिन महिना भित्र फिल्म रिलिज हुने थापा बताउछन् । ‘पहिलो पटक क्यामेरा फेस गर्दा ग्राहो भयो क्यामेरा फेस गर्दा पसिना ले भिजिन्थ्यो डाइलग याद गर्नुपथ्यो । प्रस्तिृति, क्यारेक्टरमा उतरिनुपथ्र्यो । क्यामेरा फेस गर्न सहज हुदै गएकोे छ,’ थापा भन्छन् ।