आर्थिक स्तर उकास्न रिक्सा तालिम दिदैं गुरुकुल सहकारी
Friday, November 12th, 2021, 8:35 am Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
आर्थिकसँगै सामाजिक क्षेत्रमा सक्रिय सहकारीका रुपमा परिचित गुरुकुल बचत तथा तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार ११ बार्षिक साधारण आयोजना गर्दैछ । साधारण सभाको अवसर पारेर सहकारीले आफना सदस्यहरुको आर्थिक स्तर उकास्न नयाँ योजना अगाडी सारेको छ । सहकारीले बाँकेका आठैं स्थानीय तहमा गएर निम्न वर्गका मानिसलाई निशुल्क रुपमा पेट्रोलियम अटो रिक्सा तालिम गर्ने भएको छ । सुरुआती चरणमा नेपालगन्ज उप–महानगरपालिकामा रहेका २० जना सदस्यलाई तालिम प्रदान गर्ने योजना रहेको बताउँछन चित गुरुकुल बचत तथा तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरी । उनले भने,‘हामीले हरेक वर्ष आफना सेयर सदस्य, बचत कर्ताहरुका लागि नयाँ योजना ल्याइरहेका हुन्छौं । त्यसअन्तर्गत रिक्सा चलाउन तालिम दिने योजना बनाएका हौं । रिक्सा चलाउन सिकेपछि निम्न स्तरका सेयर सदस्यलाई आर्थिक स्तर बढाउन थोरै भएपनि सहयोग हुन सक्छ ।’
सहकारीले सम्पुर्ण सेयर सदस्यहरुको आर्थिक अवस्था बलियो बनाउने प्रयास गरिरहेको बताउँछन अध्यक्ष चौधरी । उनले अगाडी थपे, ‘हाम्रो उद्देश्य भनेको हाम्रा सदस्यहरुको आर्थिक स्तर माथि उकास्ने । सहकारीले समुदायको विकाससँगै आर्थिक विकासमा सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ हामी अगाडी बढिरहेका छौं ।’ २ हजार ४ सय ४५ सेयर सदस्य रहेको गुरुकुल बचत तथा तथा ऋण सहकारीले कृषि क्षेत्रमा काम गर्ने योजना ल्याएको छ । यस वर्ष देखी बाँकेका आठै स्थानीय तहमा सहकारीले ब्रान्च विस्तार गर्ने क्रममा सेवा कार्यालयको स्थापना गर्ने तयारी सुरु गरेको अध्यक्ष चौधरीले बताए । शुक्रबार हुने साधारणसभाको अवसरमा सहकारीका उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण, उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रममा रहेको सहकारीले बताएको छ ।