‘भि-बोन’ कुर्सी अब नेपालगन्जमा
Friday, November 12th, 2021, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
नेपालगञ्जमा लामो समयदेखि फर्निचरको क्षेत्रमा बर्चश्व कायम गर्दै आएको अम्बे फर्निसिङ्गले अन्तराष्ट्रियस्तरको ॅभि-बोन अर्गानो मिक्स’ कुर्सी बिक्री वितरण सुरु गरेको छ ।
भि-बोन कम्पनीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै भि-वान अब अम्बेबाट वितरण सुरु भएको जानकारी दिएको हो । भि-वोनका कन्ट्री प्रवन्धक प्रविण श्रीवास्तवले भारतको पुणेमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको अर्गानो मिक्स कुर्ची उनले नेपालमा ३२ वटा डिलरबाट यसको विक्रिवितरण सुरु भएको जानकारी दिए ।
भि-बोन खास गरी लामो समयसम्म बसेर काम गर्ने कामकाजीका लागि उपयुक्त हुने दाबी गरे । ॅयो लामो समय एकै स्थानमा बसेर काम गर्नेका लागि अत्यन्तै उपयोगी हुने गरी डिजाईन गरी निर्माण गरिएको छ । यसको प्रयोगले ढाड दुख्ने समस्या निराकरण हुने विश्वास छ,’ उनले भने ।
उनले नेपालमा १७-१८ मोडल विक्रिको लागि उपलब्ध रहेको जानकारी दिदै मुल्य सात हजार आठ सय देखि एक लाख २९ हजारसम्मको कुर्ची विक्रिका लागि उपलब्ध रहेको र टुटफुट भएमा यो दुई वर्षसम्म रिप्लेसमन्ट वारेन्टी रहेको उनले बताए ।
अम्बे फर्निसिङ्गका सञ्चालक पंकज श्रेष्ठले भि-बोन ब्राण्डका कुर्ची ग्राहको माग अनुसारको सामान भएकोले यसको माग बढ्ने बताए । उनले भि-बोन ब्राण्डको विश्वसनियताको कारण पश्चिम नेपालका लागि डिलर लिएको दाबी गरे ।
अम्बे फर्निसिङ्गका प्राबिधिक ईञ्जिनियर विवेक लामिछानेले स्वास्थ्यका हिसावले अन्य ब्राण्डका कुर्ची भन्दा भि-बोन ब्राण्डको कुर्ची आरमदायी र लुक्सका कारणले पनि यसले बजारमा सजिलै स्थान पाउने बताए ।