खजुरा–२ को सभापतिमा अमर बहादुर रावत
Saturday, November 13th, 2021, 6:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २७ कात्तिक
अमर बहादुर रावतको नेतृत्वमा नेपाली कांग्रेस बाँके खजुरा गाउँपालिका–२ को कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । २० सदस्यीय कार्यसमितिको उप–सभापतिमा मुकेश कुमार बुढाथोकी र सहदेव सुनार, सचिवमा इश्वर चन्द ठकुरी, शिव बहादुर भण्डारी, सह–सचिवमा इन्द्र लाल शर्मा, झलक बहादुर विक चयन भएका छन । सदस्यहरुमा खिम बहादुर नगाल क्षेत्री,गन बहादुर सुनार, दिल बहादुर बुढाक्षेत्री, देवी बुढाक्षेत्री, निर्मल मल्ल, पम्फा शाही,याम बहादुर थापा क्षेत्री, युवराज शर्मा, रामलाल गौतम, शेर बहादुर रावत, सीता खत्री, सरिता सिह ठकुरी र हुमेश कुमार मल्ल चयन भएका छन ।
यसैगरी १४ औं महाधिवेशनका लागि १५ जना क्षेत्रीय सदस्य सर्वसम्मत चयन गरिएको छ । छनोट भएका क्षेत्रीय सदस्यहरुमा अर्जुन कुमार प्याकुरेल, अमृता नेपाल, ओविलाल सेन्चुरी, उमा थापामगर, कमल खत्री, कोमल राज सिंह, प्रेम बहादुर चौधरी, भिम बहादुर खत्री, राज किशोर महतारा क्षेत्री, राम बहादुर महतारा, लब राज मल्ल, बसन्त तामाङ, बिजय कुमार बुढा, शान्ति सेञ्चुरी, सुनिल रेग्मी रहेका छन ।