बाँके कांग्रेसमा कहाँ-कहाँ भयो सर्वसम्मती ? (वडासभापतिको सूचीसहित)
Sunday, November 14th, 2021, 12:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ कात्तिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ६० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा रहेका ८१ वटा वडामध्ये शनिबार साँझसम्म ६० प्रतिशत वडामा सर्वसम्मत वडा समिति चयन भएको र ४० प्रतिशत वडामा निर्वाचन गर्नुपर्ने अवस्था देखिएको जिल्ला निर्वाचन समितिका सदस्य अर्जुन ओलीले जानकारी दिए । वडामा खटिएका निर्वाचन अधिकृतहरुलाई आइतबार बिहानसम्म विवरण बुझाउने समय दिइएकोले त्यसपछि मात्रै संख्या यकिन हुने उनले बताए । आइतबार अधिकांश वडामा क्षेत्रीय प्रतिनिधिका लागि मात्रै निर्वाचन हुने आकलन गरिएको छ ।
बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा एक जना मतदान अधिकृत र दुई जनासम्म सहायक मतदान अधिकृत परिचालित भएका छन् । आइतबार बिहान नौ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ ।
बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।
नेपालगन्जका २३ वडा मध्ये १९ मा सर्वसम्मत
नेपालगन्जका २३ वडा मध्ये १९ वटा वडामा सर्वसम्मतरुपमा वडा नेतृत्व चयन भएको छ । धेरैजसो वडामा पुरानै वडा सभापति दोहोरिएका छन् । अब नेपालगन्जका वडा नम्बर २, ६ र ९ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि तथा १४ मा वडा सभापतिका लागि चुनाव हुने भएको छ । कतिपय वडामा वडा कार्यसमितिमा सर्वसम्मत भएपनि प्रतिनिधि छनौटमा निर्वाचन हुने भएको छ । वडा नम्बर १, १२, १३ मा खुला प्रतिनिधिमा चुनाव हुने छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसका नवनिर्वाचित वडा सभापति :
वडा नम्बर १ सीता काफ्ले
वडा नम्बर ३ मेहबुब अली अन्सारी
वडा नम्बर ४ ज्ञानेन्द्रसिंह सिजापति
वडा नम्बर ५ मेराज अहमद हलवाई
वडा नम्बर ७ नवीन कुमार भट्ट
वडा नम्बर ८ निजामुद्दिन सिद्दिकी
वडा नम्बर १० बिन्दुभुषण बस्नेत
वडा नम्बर ११ ऋचा द्विवेदी
वडा नम्बर १२ रामु चिडिमार
वडा नम्बर १३ शालिकराम शाह
वडा नम्बर १५ जाविर शेष
वडा नम्बर १६ नइम दर्जी
वडा नम्बर १७ रामकुमार यादव
वडा नम्बर १८ जगदिश कुर्मी
वडा नम्बर १९ जंगलीसिंह बढई
वडा नम्बर २० जोगेन्द्र यादव
वडा नम्बर २१ सतिश सोनी
वडा नम्बर २२ विद्याराम बर्मा
वडा नम्बर २३ सौगत शेष
राप्तीसोनारीका ९ मध्ये ६ मा सर्वसम्मत
राप्तीसोनारी गाउँपालिकाका ९ वडा मध्ये ६ वडामा सर्वसम्मत भएको छ । तीन वटा वडामा भने भोली निर्वाचन हुने भएको छ । वडा नम्बर १, ३, ४, ५, ७ र ९ मा सर्वसम्मत वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् । २, ६ र ८ मा सहमति हुन सकेन ।
क्रियाशिल सदस्यताको चरम विवाद देखिएको बाँके क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडा समिति पनि सर्वसम्मत चयन गरिएको छ । सभापतिमा मोहनराज डाँगी निर्विरोध निर्वाचित भएका छन् । डाँगीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै क्षेत्रीय प्रतिनिधि पनि सर्बसम्मत चयन गरिएको छ । जसमा संस्थापन समूहबाट वडा सभापतिसहित १० जना र संस्थापन इतरबाट १० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । दुवै समूहले आधा-आधा प्रतिनिधि बाँडेर सहमति गरेका हुन् । यो वडा क्षेत्रीय सभापति माधवराम खत्री र नेता पोषण केसीको वडा हो । खत्री संस्थापन र केसी संस्थापन इतरका नेता हुन् ।
राप्तीसोनारीका सर्वसम्मत वडा सभापति
वडा नम्बर १ मोहनराज डाँगी
वडा नम्बर ३ शंकर महतरा
वडा नम्बर ४ कान्छा थारु
वडा नम्बर ५ बालकृष्ण थारु
वडा नम्बर ७ दशरथ कुर्मी
वडा नम्बर ९ पूणर् बहादुर वली
नरैनापुुरका ६ मध्ये ४ मा सर्वसम्मत
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् क्षेत्र नम्बर १ को नरैनापुरमा ६ मध्ये ४ वडामा सर्वसम्मत भएको छ । वडा नम्बर २ र ६ मा भने सहमति हुन सकेन । यहाँ २ र ६ भोली निर्वाचन हुनेछ । १, ३, ४ र ५ मा सर्वसम्मतबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको वडा नम्बर ५ का नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि गुरुमुरत यादवले बताए ।
नरैनापुरका सर्वसम्मत वडा सभापति
वडा नम्बर १ नियाज अहमद अन्सारी
वडा नम्बर ३ सलाउद्दिन खान
वडा नम्बर ४ हरिराम शर्मा
वडा नम्बर ५ मुनब्बर अली मुकेरी
बैजनाथमा एउटाबाहेक सबैमा सर्वसम्मत
बैजनाथ गाउँपालिकाको एउटा वडा बाहेक सबै वडामा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । गाउँपालिकाको वडा नम्बर ८ बाहेक सबैमा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।
बैजनाथका नवनिर्वाचित वडा सभापति
वडा नम्बर १ नन्दवीर शाही
वडा नम्बर २ नेत्र बहादुर थापा
वडा नम्बर ३ भुमीसरा राना
वडा नम्बर ४ सुरेश चन्द
वडा नम्बर ५ रामनाथ योगी
वडा नम्बर ६ कमानसिंह सुनार
वडा नम्बर ७ धनीराम थारु
खजुराका २ दुईवटा बाहेक सबै वडामा सर्वसम्मत
क्षेत्र नम्बर ३ मा पर्ने खजुरा गाउँपालिकाका २ वटा वडा बाहेक सबै वडामा सर्वसम्मत भएको छ । खजुराका ८ वटा वडा मध्ये ६ वटा वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँले जानकारी दिएका छन् ।
निर्विरोध भएका वडा सभापति
वडा नम्बर १ हस्तबहादुर शाही
वडा नम्बर २ अमर रावत
वडा नम्बर ५ विष्णु बर्मा
वडा नम्बर ६ घुरे खाँ
वडा नम्बर ७ सलाउद्दिन खाँ
वडा नम्बर ८ अनुवारुल हक खाँ
जानकीका दुईवटामा सर्वसम्मत
जानकी गाउँपालिकाका ६ मध्ये २ वडामा सर्वसम्मत भएको छ ।
निर्विरोध भएका वडा सभापति
वडा नम्बर १ रामतिरथ यादव
वडा नम्बर ५ महंगु मनियार
कोहलपुरका १५ मध्ये ८ मा चुनाव हुने
कोहलपुर नगरपालिकाका १५ मध्ये ८ वडामा चुनाव हुने भएको छ । नगरपालिकाको वडा नम्बर १, ४, ७, ९, १३, १४ र १५ मा सर्वसम्मत वडा नेतृत्वका साथै क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । बाँकी वडामा भोली चुनाव हुँदैछ ।
कोहलपुरका निर्विरोध वडा सभापति
वडा नम्बर १ भोजेन्द्र रेग्मी
वडा नम्बर ४ महेन्द्र थापा
वडा नम्बर ७ पतिराम थारु
वडा नम्बर ९ मानबहादुर आरसी
वडा नम्बर १३ कालीबहादुर ओली
वडा नम्बर १४ रन्जित थापा
वडा नम्बर १५ दिपेन्द्र चौधरी