वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण हुने
Sunday, November 14th, 2021, 7:27 pm
Kalpristha
सुर्खेत, २८ कात्तिक
कणर्ाली प्रदेश सरकारले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण गर्ने भएको छ ।
यसका लागि निर्माण कम्पनी र कणर्ाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ । प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो ।
काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ । २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले बताए ।
रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाईने छ भने आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक बनाईनेछ । १० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ ।
टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ । रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा गरिएको हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले खेलकुदका पूर्वाधार नभएको कणर्ालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम गर्नका लागि प्रदेश रंगशाला निर्माणलाई सरकारले गौरवको योजनाका रुपमा समावेश गरेको बताए ।
समय अगावै रंगशाला निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले आग्रह गरेका छन् । रंगशाला निर्माणका क्रममा कणर्ाली प्रदेश सरकारका तर्फबाट पूणर् रुपमा सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्री शाहीले जनाए ।