स्प्रिङ डेलका विद्यार्थीले जिते ७ स्वणर्सहित १८ पदक
Monday, November 15th, 2021, 12:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ कात्तिक
नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका विद्यार्थीले राष्ट्रव्यापी पौडी प्रतियोगितामा ७ स्वणर्पदक जितेका छन् । विद्यालयमा अध्ययनरत अमित रावलले प्रथम एलटीके पौडी प्रतियोगितामा११-१२ वर्ष उमेर समूहबाट ३ वटा स्वणर् पदक जितेका हुन् । यसैगरी, प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै विशेष सिंह र सुबाङ बोहराले पनि दुई-दुई स्वणर् र एक-एक रजत पदक जिते । प्रतियोगितामा स्प्रिङ डेल स्कुलका विद्यार्थीले मात्र ७ स्वणर्, ८ रजत र ४ कास्य गरी जम्मा १८ पदक जितेका छन् ।
अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वणर् जितेका हुन् । शनिबार एक स्वणर् जितेका उनले आईतबार थप २ स्वणर् जित्न सफल भएका थिए । राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी दिवस रेग्मीले तीन रजत, पाँच वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र दुई कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ।
भरतपुरमा सम्पन्न प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए ।