बर्दियामा बाल विवाह न्यूनिकरणबारे अन्तर्क्रिया
Monday, November 15th, 2021, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ कात्तिक
बारबर्दिया नगरपालिका-१० मा जनप्रतिनिधिहरु र धर्मगुरुबीच बाल विवाह न्यूनिकरण सम्बन्धि समिक्षा तथा अन्तर्क्रिया गरिएको छ । बारबर्दिया नगरपालिका-१० को आयोजना, प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोग र सहकार्यमा बाल संरक्षण परियोजना अन्तरगत बालविवाह, चाँडै हुने तथा जबरजस्ती गरिने विवाह न्युनिकरणका लागि अन्तर्क्रिया गरिएको हो ।
कार्यक्रममा वालविवाह न्युनिकरणका लागि धर्म गुरुहरुको भूमिका र युवाहरुको भूमिकाको बिवायमा छलफल भएको छ । बालविवाह न्युनिकरणमा हाम्रो जिम्मेवारी भन्ने शिर्षकमा समाजमा रहेका गलत कहावत, संस्कृति, चलनलाई निरुतसाहित गर्ने, बालबालिकाहरुलाई आवश्यकताअनुसार मोबाईल प्रयोग गर्न दिने, बालबालिकाहरुलाई अभिभावकले निगरानी गर्ने, बालविवाहलाई लुकाउन नहुने बाहिर ल्यउने, अभिभावकले नै नैतिकतामा ध्यान दिनुपर्नेलगायत १० वटा विषयमा सहभागिहरुले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमको सहजिकरण वडा अध्यक्ष निरन्जन कुमार चौधरी र बाँके युनेस्को क्लबका फिल्ड सुपरभाईजर जनक चोैधरीले गरेका थिए । बारबर्दिया नगरपालिका १० का अध्यक्ष निरञ्जन कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, धर्म गुरुहरु, अभिभावकलगायतको सहभागिता रहेको थियो ।