राप्रपा लुम्बिनी प्रदेश अध्यक्षमा उदय निर्वाचित
Tuesday, November 16th, 2021, 8:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशका अध्यक्षमा प्रदिप कुमार उदय निर्वाचित भएका छन् । राप्रपाको प्रथम प्रदेश अधिवेशनबाट उदय निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उदय र बाँके निवासी युवा नेता ऋषिराज देवकोटाको उम्मेदवारी परेको थियो । सोमबार भएको निर्वाचनमा उदय दुई सय ५६ मत प्राप्त गरे भने देवकोटाले एक सय ९४ मत प्राप्त गरे ।
त्यस्तै राप्रपा लुम्बिनी प्रदेश सदस्यहरु भने सर्वसम्मतरुपले चयन गरिएको छ । बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेश बहादुर सिंह, विष्णु सिंह ठकुरी, तिलक बहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा के.सी, नर बहादुर नेपाली, धर्मराज शाह, दाङका भूपाल रावत, प्याउली के.सी., हिरालाल खड्का, गेहेन्द्र बहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय के.सी., यज्ञराज पाण्डे, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुनलाई चयन गरिएको छ ।
यसैगरी रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्व प्रकाश श्रेष्ठ, कपिलवस्तुका दीपक रजौरीया, सइज अहमद शाह, कनिज फातमा, पाल्पाका भोजेन्द्र बहादुर कुँवर, तेज प्रसाद पाण्डे (विष्णु), अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देव विक्रम शाह पनि सदस्यमा चयन भएका छन् ।
राप्रपाको प्रथम प्रदेश अधिबेशनबाट प्रदेश नम्बर १ मा राम थापा, २ मा भरत गिरि, बागमतिमा विक्रम बहादुर थापा, गण्डकीमा हेम जंग गुरुङ, कणर्ालीमा दिप बहादुर शाही र सुदुरपश्चिम प्रदेशमा धर्मराज जोशी निर्वाचित भएका छन् ।