कांग्रेस नेपालगन्जको नेतृत्वमा उमा, प्रशान्त र विनोदको उम्मेदवारी
Wednesday, November 17th, 2021, 5:30 pm
Kalpristha
नेपाली कांग्रेसको नेपालगन्ज नगर सभापति पदका लागि उमा थापामगर, प्रशान्त बिष्ट र विनोद रिजाल नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
भोली हुने नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व चयनको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराइएको हो । थापा मगर नेतृत्वको प्यानलबाट उपसभापतिमा विनोद न्यौपाने र जाकिर अली तेली, सचिवमा रविन्द्र घिमिरे र लक्ष्मी खड्का तथा सहसचिवमा प्रकाश बादी र शिव कुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । थापा मगरको प्रस्तावकमा सुधांशु कोइराला र समर्थकमा चक्र बहादुर रावत रहेका छन् ।
बिष्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबू घिमिरे छन् भने सह-सचिवमा शरदराज अधिकारी र मार्टिन वली क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । बिष्टको प्रस्तावकमा आशिष बर्मा र समर्थकमा सुबोध बर्मा रहेका छन् ।
यस्तै रिजाल नेतृत्वको प्यानलबाट उपसभापतिमा अतुल कुमार गुप्ता र नुरैन मुल्तमिस (साहिल), सचिवमा कुन्तल राज शर्मा, सह-सचिवमा पूणर् प्रकाश डाँगी र नर्मदा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । रिजालको प्रस्तावकमा कृष्ण बिश्वकर्मा र समर्थकमा हेमन्त शाक्य रहेका छन् ।