खजुरा, डुडुवा र जानकीमा कांग्रेसको निर्विरोध नेतृत्व
Wednesday, November 17th, 2021, 6:05 pm
Kalpristha
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी कांग्रेस बाँकेको पालिका अधिवेशनबाट खुजुरा, डुडुवा र जानकी गाउँपालिकाका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको मनोनयन दर्तामा एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध नेतृत्व चयन भएको हो । खजुरा गाउँपालिकाको सभापतिमा रमेश सिंजाली निर्विरोध चयन भएका छन् । राजकिशोर महताराले दाबी छोडेपछि सिंजाली निर्विरोध भएका हुन् । उनी पार्टीभित्र संस्थापन समूहका हुन् । बाँकेको जानकी र डुडुवामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव निर्विरोध निर्वाचित भएका छन् । मनोनयनमा सभापतिमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी डुडुवा गाउँपालिकाको सभापतिमा विजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मनोनयनमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका हुन् । उनी पार्टीभित्र संस्थापन इतर समूहका हुन् ।
आज बाँकेका सबै पालिकामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्विरोध हुन नसकेका पालिकाहरुमा भोली मतदान हुनेछ ।