मंगल हार्डवेयर र लक्ष्मी प्लाष्टिक उत्कृष्ठ करदाता
Wednesday, November 17th, 2021, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ मंसिर
नेपालगन्जका मंगल हार्डवेयर र लक्ष्मी प्लाष्टिक उत्कृष्ठ करदाता घोषित भएका छन् । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा ती फर्मलाई उत्कृष्ठ करदाता भएको भन्दै सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजना भएको कार्यक्रममा व्यवसायतर्फबाट मंगल हाडवेयर र उघोगतर्फबाट लक्ष्मी प्लाष्टिकलाई सम्मान गरिएको हो ।
साथै आन्तरिक राजश्व कार्यलयका कर्मचारीकोतर्फबाट नायब सुब्बा इन्दिरा सापकोटा पुरस्कृत भएकी छन् । नेपालगन्जका मेयर धवल शम्सेर राणा,प्रमुख कर अधिकृत शरदचन्द्र पौडेल, नेपालगन्ज उघोग वाणिज्य सघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले सम्मान गरेका थिए ।
उत्कृष्ट करदाता बनेका मंगल हाडवेयरका विनोद अग्रवालले हरेक नागरिकले कर तिर्नु कर्तव्य भएकोले त्यसको पालना गर्न आग्रह गरे । व्यवसायीले कर दिए मात्र देशको विकास हुने भएकाले कर तिर्नुपर्नेमा उनले जोड दिए ।
ॅस्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ बुधबारदेखि १० औँ राष्ट्रिय कर दिवस सुरु भएको छ । दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले साताव्यापी कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख शरदचन्द्र पोख्रेलले जानकारी दिएका छन् ।