७० बढी घरधुरीमा सर्वेक्षण सम्पन्न
Wednesday, November 17th, 2021, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ मंसिर
सेफ द चिल्र्डेन र सामाजिक विकास मञ्चको साझेदारी(एसडिएफ)मा संचालित जोखिम सरोकार तथा समुदाय संलग्नता परियोजनाअन्तर्गत पहिलो दिन नेपालगन्जका ७० बढी घरधुरीमा सर्वेक्षण सम्पन्न भएको छ । एसडिएफका सिनियर फिल्ड अफिसर सहजराम यादवका अनुसार कोभिडविरुद्धको खोप कम लगाएका समुदायमा सर्वेक्षण गरिएको हो ।
एसडिएफका परियोजना संयोजक शिवानी भट्टराईका अनुसार जुन टोलमा खोपको मात्रा कम लगाइएको छ, त्यो स्थानमा गएर खोप नलगाएका व्यक्तिको पहिचान गर्न परियोजना संचालन गरिएको हो ।
परियोजनाको पहिलो दिन बुधबार विभिन्न क्लब, संजालका ९ बढी व्यक्तिहरुले सर्वेक्षण गरेका छन् । जसमा जिल्ला युवा क्लब सञ्जाल, जिल्ला बाल क्लब सञ्जाललगायतको सहभागिता रहेको छ ।
त्यसैगरी सेफ द चिल्र्डेन र एसडिएफको साझेदारीमा विभिन्न किसिमका कोभिडविरुद्धका परियोजना पनि संचालनमा आएका छन् । जसमा बाल तथा युवा क्लब संजालसँग जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धि कार्यशाला गोष्ठी, कोभिडविरुद्ध जनचेतना फैजाउने योजना, नेपालगन्जका विभिन्न वडामा खोप प्रयोगबारे जनचेतनाको प्रचारप्रसारलगायत रहेका छन् ।