चार पालिकामा कांग्रेस बाँकेको निर्विरोध नेतृत्व
Wednesday, November 17th, 2021, 9:43 pm
Kalpristha
कांग्रेस बाँकेको पालिका अधिवेशनबाट खुजुरा, डुडुवा र जानकी गाउँपालिकाका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको मनोनयन दर्तामा एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध नेतृत्व चयन भएको हो । खजुरा गाउँपालिकाको सभापतिमा रमेश सिंजाली निर्विरोध चयन भएका छन् । राजकिशोर महताराले दाबी छोडेपछि सिंजाली निर्विरोध भएका हुन् । उनी पार्टीभित्र संस्थापन समूहका हुन् । बाँकेको जानकी र डुडुवामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव निर्विरोध निर्वाचित भएका छन् । मनोनयनमा सभापतिमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी डुडुवा गाउँपालिकाको सभापतिमा विजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मनोनयनमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका हुन् । उनी पार्टीभित्र संस्थापन इतर समूहका हुन् ।
यस्तै नरैनापुर गाउँपालिकाको कांग्रेस सभापतिमा मेराज अहमद खाँ निर्वाचित भएका छन् । खाँ यसअघि पनि नरैनापुर गाउँपालिका सभापति थिए । संस्थापन इतरका खाँसहित कार्यसमिति सबै निर्विरोध निर्वाचित भएका छन् । नरैनापुरको ३० सदस्यीय कार्यसमितिमा २/४ जना सदस्य बाहेक पूरै संस्थापन इतरका उम्मेदवार सर्वसम्मत भएका हुन् ।
बुधबार बाँकेका सबै पालिकामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्विरोध हुन नसकेका पालिकाहरुमा भोली मतदान हुनेछ । निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने कार्यक्रम रहेको छ ।