सामाजिक सन्जालमा के गर्दै छ युवा पुस्ता ?
Thursday, November 18th, 2021, 12:28 pm
Kalpristha
सामाजिक सन्जाल प्रयोग गर्न जानेमा सूचना र मनोरन्जनको माध्यम मात्रै नभई सम्बन्ध विस्तार, बजारीकरण र प्रतिभा प्रस्फुटनका उपयुक्त माध्यम हुन् । तर, प्रयोग गर्न नजानेमा यसले समय बर्बाद, मानसिक तनाव र अपराधको सिकारसम्म बनाउन सक्छ । युवा पुस्ताले सामाजिक सन्जालको प्रयोग कसरी गरिरहेको छ ? भन्ने जान्न हामीले नेपालगन्जमा भेटिएका केही युवा युवतिहरुलाई उनीहरुको सामाजिक सन्जाल प्रयोगको बानीबारे जिज्ञाशा राखेका छौँ । उनीहरुको धारणा :
संकलन : अन्जली राजी
आदिल अन्सारी
म एक विधार्थी हो । सामाजिक संजालमा बढि युट्युबको प्रयोग गर्छु । म विद्यार्थीका साथै एउटा युट्युबर पनि हुँ । मेरो युट्युब च्यानल छ । मेरो समाजिक संजाल चलाउने समय तालिका छ । त्यसका पनि युट्युबका लागि एक घण्टा छुट्टाएको छु । मेरो च्यानलमा मोटिभेश्नल (प्रेरणा दायी) भिडियोहरु हाल्छु । यसमा युवाका भविष्यका बारेका, करियरका बारेमा युवाहरु सँगका कुराकानी राख्ने गरेको छु । मेरो युट्युब च्यानलमा एक सय आठ जना सब्सक्राइबर्स छन् । मैलै युट्युबलाई विषेश गरी ज्ञानका कुरा खोज्नेगरी सदुपयोग गरिरहेको छु । सब्सक्राइबर्स बढाउनका लागि आफ्नो युट्युबको लिंकहरुलाई अन्य सोसल मिडियामा सक्दो शेयर गर्छु । चिन्ने नचिन्ने व्यक्तिहरुलाई युट्युब च्यानेल स्सक्राइब र शेयर गर्न लागाउछु । समाजिक सन्जाल प्रयोग गर्दा सोसल मिडियामा युट्युब प्रयोग गर्दा जे पायो त्यही कुराहरु सर्च नगर्ने नकारात्मक कुराहरु, राम्रो युट्युब च्यानलहरुलाई मात्र सब्सक्राइब, शेयर र सर्च गर्न म सुझाव दिन्छु ।
शुसिला विष्ट
म विद्यार्थी हुँ । मैले समाजिक सन्जालमा प्रयोग गर्ने भनेको फेसबुक, टिकटक, युट्युब, इन्टाग्राम आदि हुन् । बढी प्रयोग गर्ने भनेको फेसबुक हो । दिनको एक दुई घण्टा सामाजिक सन्जालमा बिताउँछु । फेसबुकमा आफन्तका गतिबिधि ,पोष्ट , समाचारहरु जब भ्याकेन्सीहरु हेर्ने, खोज्ने गछू । आफन्तहरु सँग कुरा गर्न सजिलो हुन्छ त्यसैले फेसबुकको बढि प्रयोग गर्छु । फेसबुक आफ्ना तस्बिर र मनमा लागेका कुराहरु शेयर गर्छु । पूणर् सदुपयोग त गर्न सकेको जस्तो लाग्दैन । फेसबुक रमाइलो र आफन्त सँग नजिक हुन्का लागि मात्र प्रयोग गरेको हो । फेसबुकमा दुई हजार जति साथी बनेका छन् । समाजिक संजाल प्रयोग फेसबुक प्रयोग गर्दा सजक हुनुपर्छ । फेसबुकमा नचिन्ने व्यक्तिहरुलाई साथी बनाउनु हुँदैन । नराम्रो बोल्छ भने त्यसलाई ब्लक वा फेसबुकमा रिर्पोट गर्नुपर्छ, जो पायो त्यसलाई आफ्नो फोटोहरु पठाउनु हुन्न भन्ने सुझाव दिन चाहन्छु ।
संजय गिरी
मेरो बागेश्वरी मन्दिर परिसरमा चस्मा पसल रहेको छ । समाजिक सन्जाल चलाउने समय त्यति हुँदैन त्यसैले खासै समाजिक संजालमा जोडिएको छैन । तर मैले फेसबुक र पछिल्लो समय टिकटकको बढी प्रयोग गर्छु । टिकटकमा चाँडै एक-एक सिकेन्डमा रमाइला-रमाइला भिडियोहरु हेर्न पाइन्छ त्यसैले टिकटकको बढि प्रयोग गर्छु । दिनमा एक दुई घण्टा टिकटक चलाउछु । टिकटकमा गानाहरुमा लिप्सीड्ड गरेको भिडियोहरु हाल्छु । सात सय सम्म फ्लोअर्स छन् । फ्लोर्वस बढाउन केही एक्स्ट्रा केही गरेको छैन मनोरन्जनका लागि मात्र हो । अहिलेसम्म नराम्रो कमेन्ट आको छैन । कहिलेकाहीँ पसलमा आउने ग्राहकहरुले तपाई टिकटकर हो, राम्रो भिडियो बनाउनुहुन्छ भन्दा खुसी लाग्छ । हामी टिकटक समाजिक संजाल प्रयोग गर्नेहरुले कसैको लाइभमा गएर अनावश्यक कमेन्ट, कसैको इनबक्समा नहुने नहुने कुराहरु लेख्न भएन ।
स्वेता गुरुङ
म बिबिएस तेस्रो वर्षकी विद्याथी हुँ । म समाजिक संजाल धेरै चलाउदिन । चलाउने भनेको युट्युब हो । युट्युबमा भिडियोहरु, फ्याक्टस भिडियोहरु, एकाउन्टको प्रोब्लम सल्भ गर्ने तरिकाका भिडियोहरु हेर्छु । समय छुट्टाएको छैन । कुनै प्रश्नमा ग्राहे भयो भने मात्र हो । समय-समयमा फ्रेस हुनलाई पनि समाजिक सन्जाल हेर्छु । अनावश्यक कमेन्ट, लिंक शेयर नगर्ने, धेरै समय समाजिक संजालमा नबिताउने, समाजिक संजाललाई सदुपयोग गर्ने, पासवर्ड शेयर नगर्ने, पासवर्ड कठिन राख्ने, कसैले नराम्रो व्यवहार गरेमा पुलिसलाई खबर गर्न मेरो सुझाव छ ।
विषेश मल्ल
म जुम्ला जिल्लाको एउटा प्राइभेट विद्यालयको शिक्षक हुँ । मैले समाजिक सन्जालमा टिकटक, वाट्सएप, युट्युब, इन्टाग्राम, फेसबुक, टिकटक सबै चलाउछु । धेरै चलाउने भनेको टिकटक हो । किनकी प्रायले टिकटक धेरे चलाउछन् । कम समयमा धेरै मनोरञ्जन हुन्छ । पछिल्लो समय टिकटक धेरैको रोजाइमा छ । अलि बढी डाटा प्रयोग हुन्छ त्यति हो । टिकटक लगभग दिनको तीन घण्टा प्रयोग गर्छु । मैले टिकटकमा कमेडी भिडियोहरु बढी बनाउँछु । म सानो युर्जर हो । त्यसैले मेरा फलोवर्स हजारजति छन् । रमाइलोका लागि मात्र हो प्रयोग गरेको । फ्लोवर्स बढाउन राम्रो भिडियोहरु बनाउन प्रयास गर्ने र अरुको लाइभमा बस्ने गर्छु । । समाजिक सन्जाल प्रयोग गर्नेहरुले कसैको टिकटक भिडियो र लाइभमा गएर अनावश्यक कमेन्ट नगर्ने, अरुको टिकटक भिडियोमा रोस्ट नगर्ने, इनबक्समा नहुने कुराहरु नपठाउने, टिकटक समाजिक संजाल प्रयोग गर्दा समाजमा नकारात्मक भिडियोहरुको रिर्पोट गर्ने, आफुले पनि त्यस्ता कुराहरु नहाल्ने, टिकटक सानो देखि ठुला सम्मका मान्छेहरुले हेर्ने भएकाले भिडियो बनाउँदा सोचेर मात्र बनाउन मेरो सुझाव छ ।
सोहिता मगर
म एक गृहिणी का साथै विद्यार्थी पनि हुँ । समाजिक संजालमा चलाउन त सबै चलाइन्छ तर पछिल्लो समय बढी चलाउने भनेको टिकटक हो । फ्लोअर्स करिब सात सय जति छन् । टिकटकमा कम समयमा धेरै मनोरन्जन पाइन्छ, मुड रिर्फेस हुन्छ । फ्लोर्वस बढाउन त्यति केही गरेको छैन । फ्लो गर्नेलाई फ्लो ब्याक दिने भने गरेकी छु । मैले टिकटकमा लिप्सिड्ड भिडियोहरु हाल्छु । एक गृहिणीका साथै विद्यार्थी भएको कारणले दिनमा समय पाएसम्म र साँझ एकछिनका लागि प्रयोग गर्छु । सामाजिक सन्जाल चलाउँदा कति बेला चलाउने भनेर समय तोक्नु राम्रो हुन्छ जस्तो लाग्छ ।