बाँकेमा दुई पालिकामा कांग्रेसको मतदान सुरु भएन, कहाँ को प्रतिस्पर्धामा ?
Thursday, November 18th, 2021, 1:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ मंसिर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पालिका नेतृत्वको लागि आज मतदान हुँदै छ । नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकामा मतदान सुरु भएको छ भने राप्तीसोनारी गाउँपालिकामा मतदान सुरु हुन सकेको छैन । राप्तीसोनारीमा केन्द्रको विवादका कारण मतदान हुन नसकेको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए ।
राप्ती सोनारीको सेल्टर भवन(साईपुर)मा मतदान केन्द्र तोकिएको छ । उक्त मतदान केन्द्र पायक नपर्ने भनेर तुलाराम खत्री उम्मेदवार रहेको पक्षले असहमति प्रकट गरेपछि बिहान ९ बजेबाट सुरु हुनुपर्ने मतदान यो समाचार तयार पार्दासम्म सम्म सुरु नभएको जनाइएको छ । यता कोहलपुरमा केही पदहरुमा सर्वसम्मतिको प्रयास भइरहेका कारण मतदानमा ढिलाई भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
यता नेपालगन्ज उप-महानगरपालिकाको मतदान जिल्ला समन्वय समितिको हलमा भईरहेको छ भने, बैजनाथ गाउँपालिकाको सम्झना चोक सामुदायिक भवनमा मतदान भइरहेको छ ।
नेपाली कांग्रेसको नेपालगन्ज नगर सभापति पदका लागि उमा थापामगर, प्रशान्त बिष्ट र विनोद रिजाल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदै छ । थापा मगर नेतृत्वको प्यानलबाट उपसभापतिमा विनोद न्यौपाने र जाकिर अली तेली, सचिवमा रविन्द्र घिमिरे र लक्ष्मी खड्का तथा सहसचिवमा प्रकाश बादी र शिव कुमार गुप्ता उम्मेदवार छन् ।

नेपालगन्जका उम्मेदवार
बिष्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबू घिमिरे छन् भने सह-सचिवमा शरदराज अधिकारी र मार्टिन वली क्षेत्री उम्मेदवार छन् ।
यस्तै रिजाल नेतृत्वको प्यानलबाट उपसभापतिमा अतुल कुमार गुप्ता र नुरैन मुल्तमिस (साहिल), सचिवमा कुन्तल राज शर्मा, सह-सचिवमा पूणर् प्रकाश डाँगी र नर्मदा शाही उम्मेदवार छन् ।
कोहलपुर नगरको सभापति पदमा दुई जना उम्मेदवार छन् । संस्थापन पक्षबाट नेता राजेन्द्र श्रेष्ठ र संस्थापन इतरबाट वीरेन्द्र शाहले उम्मेदवारी दिएका हुन् ।

कोहलपुरका उम्मेदवार
बैजनाथ गाउँपालिकामा देवबहादुर केसी खत्री, रामबहादुर विष्ट र केसर खड्का उम्मदेवार छन् ।

बैजनाथका उम्मेदवार
राप्तीसोनारीमा तुलाराम खत्री र भिमबहादुर रानाले उम्मेदवार छन् ।